About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
शुद्धोधन मा बि मा २० जना विद्यार्थी लाई छात्रवृत्ति !

Darpanpost आइतबार, माघ २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।कपिलवस्तु जिल्ला को बाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्धोधन माध्यमिक विद्यालयमा तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सँगै छात्रबृत्ति वितरण गरिएको छ । उक्ट कार्यक्रम बिद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ को रोहवरमा गरिएको बिद्यालय स्रोतले जनाएको छ! पढाइमा बाधा न आओस भन्दै कार्यक्रम शनिबार गर्न लागेको प्र: अ : को भनाइ छ !
विद्यालयमा स्थापित स्वर्गीय क्याप्टेन गिरमान सिंह थापा र तिल कुमारी थापाको स्मृतिमा यु के मा रहनु भएका कृष्ण बहादुर थापाद्वारा १० लाखको अक्षय कोषको ब्याज रकमबाट दलित, जनजाति, अनुशासित, विपन्न, अपाङ्ग र जेहेन्दार विद्यार्थीलाई जनही ५ हजारका दरले २० जना लाई १ लाख बराबरको छात्रवृत्ति वितरण गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ भने सप्ताहव्यापी खेलकूद अन्र्तगत २ सय जना बिजेता विद्यार्थीलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ
कार्यक्रममा समाजसेवी नारायण खनाल, जग्गा दाता दिपक थापा, जन्जिर थारु, पुर्व वडाध्यक्ष ध्रुव बेल्बासे, वडाध्यक्ष कमल पौडेल लगायतले बिधालयको शैक्षिक प्रगतिको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष थम्मन थापाको अध्यक्षता, वडाध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता, प्रधानाध्यापक अनिता कडेलको स्वागत र शिक्षक रामप्यारी पौडेलको संचालनमा सम्पन्न भएको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com