रुपन्देही।रुपन्देहीको देवदह १० भलुहिमा शनिबार भुपुसैनिक कल्याण क्लब भलुही राेणिनगरको १३औ साधारणसभा तथा १३ औ वार्षिकोत्सब सम्पन्न भएको छ । नगरले गर्ने काम भुपु सैनिकले गरेको छ नगरले जोगाउनु पर्ने सरक्षण गरेको शुभकामना कामना व्यक्त गर्नु भएको थियो सोही कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका मेयर ध्रुव खरेलले दिनु भयो । उत्त कार्यक्रममा प्रमुख अतिथी खरेलले नगरको मात्र बजेटले यो ठाँउलाई बिकास गर्न नसकिने हुदा दिपियार गर्न सके ठुलो बजेट पार्न सकिने र रंगशाला समेत गराउन सकिने खरेलले बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, वडा मोहन जिसि, वडा यक बहादुर सुनार, सरक्षक चद्र बहादुर रसाइली,पुर्व अध्यक्ष जित बहादुर पाइजाले शुभकामना मन्तव्य दिनु भएको थियो । नीर बहादुरको अध्यक्षतामा मधव अधिकारिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।