About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता प्रारम्भ

Darpanpost शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी,बुटवल।बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब ४०० विद्यार्थीको सहभागितामा तीन दिवशीय खेलकुद प्रतियोगिताको सुरुवात भयको छ ।उक्त प्रतियोगिताको उदधाटन रिवन काटेर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण कार्कीले गर्नुभएको थियोे । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पढाईको अतिरिक्त विद्यार्थीको बौद्धिक क्षमता अभिबृध्दि गर्दै शारीरिक र मानसिक बिकासका लागि आफुहरुले खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनु भयो ।        उक्त प्रतियोगितामा विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भयका थिए ।पुर्व प्राथमिक तह देखी माध्यमिक तहसम्ममा संचालित उक्त प्रतियोगितामा पुर्व प्राथमिक तहको खेलकुदको समन्वय शिक्षिका पबिता थापाले,प्राथमिक तहको शिक्षिका लक्ष्मी मुडवरीले र माध्यमिक तहको शिक्षक हेबेन छन्त्यालले गर्नुभयको थियो ।आज पहिलो दिन मिठाई दौड ,रिले दौड,३ खुट्टे दौड,बेलुन कार्टरपिलर,तातो आलु,चम्चा दौड ,हास दौड आदि सप्पन्न भएकोे र उक्त कार्यक्रम ३ दिन सन्चालन हुने विद्यालयका शिक्षक लोकेन्द्र सापकोटाले जानकारी दिनुभयो उक्त कार्यक्रम विद्यालयको आयोजना र शिक्षक बुद्धि भन्डारीको सन्चालनमा भएको र उक्त खेलकुद प्रतियोगिताका बिजेतालाई विद्यालयका प्रधानाध्यापक प्रभा क्षेत्रीले सम्मान तथा पुरस्कार बितरण भएको थियाे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com