About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
खानेपानीको काम पूरा नहुदै अख्तियारमा मुद्दा निर्माण कार्य अलपत्र

Darpanpost सोमबार, माघ १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गाप्रसाद काफ्ले
कपिलवस्तु । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा २०७२ साल देखि सुरु भएको भलवाड खानेपानी योजना काम पुरा नहुँदै अख्तियारमा मुद्धा परेको छ ।

वडा नम्बर ९ मा निर्माण थालिएको खानेपानी आयोजनाका लागि २०७२ सालमा धुव्र बेल्वासेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ३ वर्षमा निर्माण सक्ने लक्ष्या थियो । तर यो आयोजना अहिले सम्म पनि पुरा हुन सकेको छैन । लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट योजना अनतर्गत्को काम सम्पन्न गर्न बजेट विनियोजन भई काम भएको थियो । निर्माण सुरु भएको तीन वर्षमा योनजा सम्पन्न गर्नुपर्ने भए पनि ८ वर्ष बितिसक्दा समेत आयोजना अधुरै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा योजना सम्पन्न नगरी लथालिङ्ग तथा अलपत्र पारी पाइप खरिद मा समेतमा लाखौँ रकम अनियमितता गरेको, आर्थिक वर्ष २०७७/०७८ र २०७८/ ७९ मा भत्किएको पर्खाल मर्मतका लागि आएको बजेट सामान्य मर्मत गरी २४ लाख अतियमितता गरेको, उपभोक्ताबाट एक हजार १ सय २५ का दरले खानेपानी सदस्यता शुल्क उठाएको र उक्त रकम सार्वजनिक नगरेको विषयमा उजरी परेको छ । अख्तियारले उक्त उजिरी उपर आवश्यक छानविन तथा कागजात अध्ययन गरी छानविन प्रतिवेदन लगाएत आयोगको महाशाखामा पन्ध्र दिन भित्र उपलब्ध गराउन कातिक ३० गते पत्र काटेको थियो ।

यसैबिच उक्त खानेपानी आयोजनाको समितिका अध्यक्ष रहेका धुव्र बेल्वासे वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष समेत हुन । उपभोक्ता समितिका तर्फबाट आयोजनाको सेवा क्षेत्रका नागरिकबाट प्रतिव्यक्ति १ हजार १२५ रुपैँयाका दरले संकलन गरिएको सदस्यता शुल्कको जिम्मा मात्रै आफूहरुको रहेको र उक्त रकम बैँक मौजदात रहेको दर्पण पोष्ट अनलाइन का टिमसँग कुरा गदैँ बेल्वासेले बताएका छन् । उनका अनुसार आयोजनाको अन्य बाँकी सबै काम खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तौलिहवाले गरेको हो । उता पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालयले समेत पौष ५ गते पत्र काट्दै विवरण उपलब्ध गराउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई भनेको थियो ।

आयोजना निर्माण समितिका अध्यक्ष बेल्वासेले तीन वर्षमा निर्माण सक्नुपर्ने लक्ष्य रहेको भए पनि सुरुको वर्ष बोरिङ निर्माणका लागि बजेट आएको र दोस्रो वर्ष भलवाड खाने पानीको नाममा बजेट आउनुपर्नेमा भलवाडी भएकाले बजेट अन्यत्रै गएपछि काम विलम्ब भएको बताए । त्यस वर्ष ४० लाख बजेट अन्यत्रै गएको र काम ढिलाइए भएको बेल्वासेले बताए । अर्को वर्ष ट्याङ्की निर्माणका लागि बजेट विनियोजन भइ टेण्डर भएको थियो । उक्त काम सबै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आफै गरेको उनको भनाई छ ।

अब अलपत्र परेको आयोजना पूर्ण हुन मुख्य गरी विद्युतिकरण, ट्याङ्की परिक्षण र पाइलाइन विस्तार लगाएतका काम बाँकी छन् । बिचका तीन आर्थिक वर्ष बजेट नै नपरेका कारण निर्माणले गति लिन नसकेको बेल्वासले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com