About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
तराईका मुस्लिमलाई ‘मधेशी थर सुचिकरण प्रतिवेदनमा‘ राख्न माग : नराखे देशव्यापी रुपमा शसक्त आन्दालन गर्ने चेतावनी

Darpanpost सोमबार, माघ १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

परासी । तराईका मुस्लिमलाई मधेशी समुदाय थर सुचिकरणबाट नहटाउन माग सहित प्रधानमन्त्री र मुस्लिम आयोगलाई ज्ञापन पत्र बुझाइएको छ । पश्चिम नवलपरासीका मधेशी मुस्लिम नागरिक समाजले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, मुस्लिम आयोग र मधेशी आयोगलाई उक्त निर्णय बदर गर्न माग सहित ज्ञापन पत्र बुझाएको हो । मधेशी आयोगले नेपालमा मधेशी समुदायको थर सुचिकरण अध्ययन प्रतिवेदन २०७८ बाट मुस्लिम आयोगको आग्रहमा मुस्लिमलाई मधेशी थर सुचिकरणबाट हटाएकोले तराईका बहुपहिचानवादी मुस्लिमहरु सोको विरोध गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

No description available.

मधेशी मुस्लिम नागरिक समाज नवलपरासीका अगुवा मदरसा समन्वय समितिका अध्यक्ष हैदरअलि मोमिनको नेतृत्वमा जिल्ला प्रशासन मार्फत बुझाएको ज्ञापन पत्रमा मुस्लिमलाई मधेशी थर सुचिकरण प्रतिवेदनमा यथावत राख्न सम्बन्धित निकायमा पत्राचार गर्न, मधेशी मुसिल्मका पहिचानको संरक्षण गर्न र समानुपातिक सहभागिताको सुनिश्चितता गर्न माग गरिएको छ ।

No description available.

नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जानजाति, मधेशी, थारु, मुस्लिम लगायत अन्य थुप्रै कलस्टरहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिताको हक सुनिश्चित गरेकोले सोही बमोजिम मुस्लिम समुदायका थरलाई पनि उक्त सुचिकरणबाट नहटाउन समाजको माग रहको अगुवा हैदर अलि मोमिनले जानकारी दिए । उनले भने, मुस्लिमलाई यसरी छुटाएर मधेशी मुस्लिम समुदायको समान भाषा, संस्कृति, इतिहास र वचनको आधारमा रहि आएको ऐतिहासिक मधेशी पहिचानलाई नै मेटन खोजिएको आरोप लगाए ।

मधेशका ९२ जातिलाई मधेशी पहिचान कायम गरिएको र तराईका मुस्लिम हाल सम्म मधेशका मुस्लिम समुदायको मधेशी पहिचान कायम रहेकोले सोही निर्णय बमोजिम मुस्लिमको मधेशी पहिचान यथावत राख्न माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेखित माग पुरा नभएमा र पहिचान मेटन खोजिएमा नेपाल भरी वृहत मधेशी मुस्लिम आन्दोलन शसक्त रुपमा अगाडी बढाईने अगुवा मोमिनले जानकारी दिए ।

मोमिनको नेतृत्वमा गएको डेलिगेशनमा ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मोलाना सैयद गुलाम हुसैन मिँया, स्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलि, मुस्लिम समाजसेवी अमिरुल्लाह मिँया, मुस्लिम समाजसेवी ईजहार मिँया, हाजी ईस्हाक मिँया, सैयद हाजी ईजहार मिँया, नुरुल्लाह मियाँ, हुसैन अंसारी लगायतको उपस्थती रहेका थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com