सुनवल । कालिका फुटवल क्लव मेलवर्नको अध्यक्षमा सुमित शेरचन चयन हुनुभएको छ । गत जनवरी २१ मा मेलवर्नमा भएको भेलाले अध्यक्षमा शेरचन सहित सचिवमा शिशिर चापागाई,कोषाध्यक्ष सफल रोका र सदस्यहरुमा क्रमश दिपेश कैनी,सुजन कजुङ मगर, प्रविन राना मगर, टुक प्रसाद शेरचन,अमिन गुरुङ र विजय थापा चयन हुनुभएको छ ।
क्लवले यही जनवरी २३ मा एएमइसि रोयल एपसि कपमा सहभागि हुदै आफ्नो पहिलो टुर्नामेन्ट खेलेको थियो । उक्त खेलका लागि टुर्नामेन्ट म्यानेजर विजय थापा रहनुभएको थियो भने टुर्नामेन्ट कोचिङ शिशिर चापागाईले गर्नुभएको थियो ।
कोच चापागाईले टुर्नामेन्टका लागि क्याप्टेनसिप उत्कृष्ठ खेलाडी दिपेश कैनिलाई जिम्मेवारी सुम्पिनुभएको थियो । पोल वि मा परेको कालिका एफ सि फुटवल फर फन र वरविक एफ सि लाई पछि पार्दै क्वाटर फाईनलको यात्रा तय गरेको थियो ।