देवदह । सातौं देवदह व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को तयारी तीब्र गतिमा अघि बढेको छ । मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारी र सुझाव संकलन गर्ने क्रममा सोमबार देवदहमा क्रियाशील पत्रकारहरूसंग छलफल सम्पन्न गरेको छ ।
महोत्सवलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ र मेलाले लिएका लक्ष हासिल गर्न कसरि अगाडी बढ्ने भन्ने सन्दर्भमा आयोजित छलफलमा मेला मुल आयोजक समितिका संयोजक मेघराज ढकालले उपस्थित पत्रकार समक्ष आफ्नो भनाई राखेका थिए ।
सो क्रममा देवदहको पर्यटन प्रबर्धन र कृषि एवं व्यवसायिक विकासको लागि मेलाले योगदान पुर्याउने उल्लेख गर्दै संयोजक ढकालले सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा जोड दिए।