दुर्गाप्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।दाङमा अवैध सालको काठसहित चार जना पक्राउ परेका छन्। राप्ती गाउँपालिका देवीकोटबाट प्रहरीले अवैध सालको काठसहित ४ जना पक्राउ गरेको हो
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनिहरुलाई शनिवार दिउँसो करिव १२ बजे प्रकाउ गरेको थियो । वडा नं ९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहमा वडा नं ९ बस्ने बर्ष २२ का सुल्तान मिया, बर्ष २६ का जुद्ब बहादुर बराल, बर्ष ४४ का तिलबहादुर फुन्जा मगर र बर्ष ३६ का टोपबहादुर रोका रहेका इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।