About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
महायज्ञमा १ करोड भन्दा बढी रकम संकलन भएको छ।

Darpanpost शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

देवदह । देवदह -९ घोडाहा स्थित कोटिया देवी मन्दीरमा संचालन भएको महायज्ञमा १ करोड भन्दा बढी रकम संकलन भएको छ।

यही पौष ३० गते देखि सुरु भएको महायज्ञमा एक हप्ताको अवधीमा १ करोड भन्दा बढी रकम र १० धुर जग्गा दान बापत प्राप्त भएको महायज्ञ मूल आयोजक कमिटीका संयोजक मोहन बहादुर जिसिले जानकारी दिनुभयो ।

देवदह-९ निवासी चमाकान्त गौडेलले मन्दिरमा भौतिक संरचना निर्माणका लागि १० धुर जग्गा हस्तान्तरण गरेका हुन् ।मन्दिर स्थापना कालमा हजुरबुबा भवानी प्रसाद गौडेल,बुवा नारायण दत्त गौडेल तथा माता बसुन्धारा गौडेलले २ कठ्ठा जग्गा दान गरेको स्मरण गर्दै देवदह-९ का वडा सदस्य समेत रहेका गौडेलले मन्दिर व्यवस्थापनका लागि जग्गा दान दिन पाँउदा खुसी लागेको बताउनुभयो ।

महायज्ञको सातौं तथा आज अन्तिम दिन नेपालका चर्चित पत्रकार ऋषि धमलाले समेत महायज्ञ तथा धार्मिक महोत्सवको अवलोकन गर्नुभएको छ ।महायज्ञमा आफ्नो भनाई राख्दै पत्रकार धमलाले जनप्रतिनिधि, साम्सद तथा मन्त्री कसैले पनि भ्रष्टाचार नगरी कटिबद्ध भएर देश विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

महायज्ञमा प्राप्त भएको जम्मा दान रकम, सम्पन्न गर्न लागेको खर्चको विषयमा केही दिन भित्र सम्पूर्ण विवरण सार्वजनिक गरिने महायज्ञ सचिवालयका संयोजक पवन पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com