About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
नेपाली काङ्ग्रेसको पालिका स्तरीय वैठक सम्पन्न ।

Darpanpost शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नेपाली काङ्ग्रेसको पालिका स्तरीय वैठक सम्पन्
प्युठान ।

नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीको पालिका स्तरीय वैठक सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ जस्पुर स्थित पार्टी कार्यालयमा आज सम्पन्न वैठकमा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको सभापतित्व रहेको थियो।

वैठकमा स्थानीय निर्वाचन , प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन ,स्थानीय निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिको कार्यप्रगति तथा पार्टीको भावी रणनीति एवम् कार्यदिशा लगाएका विषयमा समीक्षा भएको थियो।वैठकमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी,वडा नं.२का अध्यक्ष एवम् नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रतिनिधि प्रकाश वली,नेपाली काङ्ग्रेस प्युठानका सदस्य रामचन्द्र पौडेल, माण्डवी गाउँकमीटीका उपसभापति ऋषि अधिकारी ,सचिव तथा माण्डवी गाउँकार्यपालिका सदस्य वालिका नेपाली ,५ वटै वडाकमीटिका सभापतिहरु सहित विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताको सभागितामा रहेको थियो।

वैठकले पार्टीको काम,कारवाहीलाई चुस्त दुरुस्त वनाई एकतावद्ध र सुदृढ ढङ्गले अगाडि बढाउने निर्णय गरेको सभापति अधिकारीले बताउनु भयो।यस्तै गत स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न समेत पार्टीले निर्देशित गरेको छ।पार्टीले स्थानीय निर्वाचन भन्दा संघ तथा प्रदेशको निर्वाचनमा गठवन्धन दल भित्र अविश्वास वढेकाले अपेक्षाकृत परिणाम नआएको पनि स्वीकारेको छ।वैठकको सहजीकरण सचिव नेपालीले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com