About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
देउसी भैलो खेलेर सि सि / टिभी क्यामेरा जडान

Darpanpost शनिबार, माघ ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

 

दुर्गाप्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
७ माघ शनिबार

कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकामा एक युवा क्लवले देउसी भैलोबाट उठेको रकमले आफ्नो वडामा सिसिटिभी क्यामेरा जडान गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले देउसी भैलो २०७९ को संकलित रकमबाट मोतिपुरमा क्यामेरा जडान गरिएको जनाएको हो !

मोतिपुर प्रगतिशिल युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा शनिबार बिहान आयोजित एक कार्यक्रम का बीच उक्त सिसिटिभी क्यामेराको उद्घाटन समेत गरिएको छ । फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीको प्रमूख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरक्षक दिपकबाबु के.सी, वडा नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेल, मोतिपुर खानेपानि संस्थाका अध्यक्ष शेषकान्त बेल्वासे लगाएतको आतिथ्यता रहेको थियो ।

क्लवले देउसी भैलोको रकम आफ्नो वडाको मुख्य स्थलको चौबिसै घण्टा निगरानी गर्ने उद्देश्यले क्यामेरा जडान गरेको जनाएको छ । मोतिपुर स्थित जन ज्योति मावि को अगाडी, हाटबजार प्रवेश स्थलसहित तीन स्थानमा ६ थान क्यामेरा जडान गरिएको क्लवका अध्यक्ष न्यौपानेले बताए । देउसी भैलोको रकम मनोरञ्जनका क्षेत्रमा खर्च गर्नुको साटो सामाजिक उत्थान र विकासका क्षेत्रमा पनि लगानी गर्न सके त्यसको प्रतिफल पनि राम्रो हुने उनले बताए ।

प्रगतिशिल युवा क्लवले सामाजिक क्षेत्रमा रचनात्मक कामहरु गर्दै आएको भन्दै उनले सिसिटिभी क्यामेरा जडानले यस क्षेत्रमा हुने दुर्घटना, चोरी जस्ता आपाराधिक गतिविधिमा निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा क्लवका उपाध्यक्ष विनोद थापा मगरको स्वागत र सह सचिव सन्दिप थारुको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com