About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
जहाज दुर्घटनामा निधन भएका कावासोतीका श्रेष्ठको निवासमा शोक सभा

Darpanpost शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रामकुमार श्रेष्ठ

नवलपुर । माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका कावासोती ६ निवासी मोहन प्रकाश श्रेष्ठको छठौं दिनको स्मृतिमा आज उनकै निवासमा शोक सभा गरिएको छ ।

 

नेवा देय दबु कावासोती नगर कमिटिको आयोजनामा शोक सभा गरिएको हो ।

शोक सभामा शिकाः नेवा गुठी कावासोतीका अध्यक्ष एवम् नेवा देव दयु गण्डकी प्रदेशका सल्लाहाकार रामचन्द्र श्रेष्ठले मृतक मोहनप्रकाश श्रेष्ठको जीवनीमाथि चर्चा गरेका थिए ।

 

कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक शाखाका अधिकृत श्रेष्ठको बनेपा ससुरालीबाट काठमाडौंहुँदै पोखरामा परीक्षा दिन जाने क्रममा दुर्घटनामा परेका थिए ।

 

३५ बर्षीय श्रेष्ठको छैठौं दिनको स्मृतिमा आयोजित शोक सभाको नेवा देय दबु नवलपुरका सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो । शोक सभामा नेवा देव दबु गण्डकी प्रदेशका सचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष भुपराज श्रेष्ठ, नेवा देय दबु नवलपुरका वरिष्ठ जिल्ला उपाध्यक्ष मित्रलाल श्रेष्ठ, जिल्ला सदस्यहरु राजकुमार श्रेष्ठ, रामजी श्रेष्ठ, नगर कोषाध्यक्ष बुद्धराज श्रेष्ठ, नगर सदस्य रामप्रसाद श्रेष्ठ, शिकाः नेवा गुठीका पदाधिकारी तथा सदस्यहरु लगायतका सहभागिता रहेको थियो ।

 

जहाज दुर्घटनामा परि निधन भएका श्रेष्ठका परिवार अहिले शोकमा रहेका छन् । जहाज दुर्घटनामा परी जहाजमा सवार ७२ जना सबैको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com