टोपराम केसी,प्युठान ।माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले स्थानीय सरकारले आम गाउँपालिकावासीहरुले गरेका उत्पादनको परिमाणलाई मुल्याङ्कन गरि अनुदान वितरण गर्ने नीति लिएको बताउनु भएको छ।आज वडा नं.२ ढिकावनमा सञ्चालित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष कालाथोकीले विगद देखि विभिन्न क्षेत्रमा यसको दुरुपयोग भएको सङ्केत गर्दै यस्तो बताउनु भएको हो।उहाँले स्थानीय सरकारले विभिन्न सिपमुलक तालिमको आयोजना गरि सञ्चालन गरिरहेको प्रसङ्ग जोड्दै सिपको व्यवहारिक कार्यान्वयन गर्ने जिम्मेवारी स्वयम् सहभागिताको भएको बताउनु भयो।यस्तै उहाँले वर्तमान समयमा गाउँपालिकाका विभिन्न वस्तीहरुमा मेहनत र परिश्रमबाट उद्यमी/व्यसायीले उत्पादन गरेका जुनसुकै अत्यावश्यक वस्तु सेवाको वजारीकरणमा कुनै समस्या नरहेको उल्लेख गर्दै यथासिघ्र सञ्चालन हुने सिपमुलक तालिम पश्चात् उद्यमीहरुले उत्पादन गरेका वस्तु सेवाको वजारीकरणमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनु भयो।उहाँले फरक प्रसङ्गमा सरकारको लगानीलाई वेवस्ता नगरी तालिममा सिकेका विषयवस्तुलाई व्यवहारिक कार्यान्वयन गरि उदाहरणीय कार्यमा अग्रस हुन उपस्थित सभागिहरुलाई निर्देशन समेत दिनु भयो।यस्तै गाउँकार्यपालिका सदस्य रमा पौडेलले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सके आर्थिक तथा व्यवसायिक हिसावले आत्मनिर्भर बन्न सकिनेमा जोड दिनु भयो।उता पत्रकार राजेन्द्र रावत क्षेत्रीले स्थानीय सरकारले प्रदान गरेको सुनौलो अवसरमा सहभागिहरुले देखाएको जाँगर,मेहनत र लगनशीलता को प्रशंसा गर्दै भोलीका दिनमा थप सफलता प्राप्त गरि सिङ्गो गाउँपालिकाको सिर ठाडो पार्न आग्रह गर्नु भयो।कार्यक्रममा वरिष्ठ लघु उद्यम सहजकर्ता फुर्स बहादुर नेपाली,पोषण सहायक दाम बहादुर कार्की ,कार्यालय सहायक रुक बहादुर अधिकारी लगाएतको आतिथ्यता रहेको थियो।तालिम गत पुस २५ देखि ८ दिन सम्म सञ्चालन भएको गाउँपालिकाको लघु उद्यम विकास शाखाले जनाएको छ। २१ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक टोप बहादुर खत्री क्षेत्रीले सम्वन्धित विषयमा प्रशिक्षण दिनु भएको थियो।तालिमवाट विभिन्न आधारमा वाख्रापलन र होजियारी गरि दुई वटा व्यवसायिक सीप तालिमको छनौट गरिएको आयोजकले बताएको छ।यसपश्चात ती तालिमलाई यथासिघ्र सञ्चालन गरिने सहजकर्ता खत्रीले बताउनु भयो।यता कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी अनिता खत्रीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्ने आफुहरको अठोट रहेको बताउनु भयो।