About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
घरमा शौचालय नबनाउने कर्मचारी कार्वाहीमा

Darpanpost बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गाप्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु।कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले वडा अन्तर्गतमा रहेका घरमा शौचालय नबनाएका कर्मचारीहरुलाई कारबाहि गर्नु भएको छ ।
स्वच्छ सफा वडा अभियान अन्तर्गत घरमा शौचालय नबनाएका ४ जना कर्मचारीहरुलाई कार्वाहि गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो । वडामा सरसफाई लागु भईुकेकोले वडामा बसोबास गर्ने कर्मचारीहरुलाई बारम्बार घरमा शौचालय बनाउन अनुरोध गर्दा समेत अटेर गरेपछि विभागिय कारवाहिका लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
शौचालय नबनाएरको भएर कार्वाहि पर्नेहरुमा कृषि विकास शाखा विजयनगरमा कार्यरत संजय कुमार गुप्ता तेली, तारा माध्यमिक विद्यालय मगरघट्टामा विजयनगर वडा नं. २ मा कार्यरत जगनारायण गुप्ता तेली, जनज्योति आधारभूत विद्यालय ढोढरीमा कार्यरतम मुस्लीम मुसलमान, र नाली जाम गरी सडक फोहोर गरेका विजयनगर गाउँपालिका वडा नं. ३ का वडा कार्यालय सहयोगी दयाराम लोनियलाई विभागिय कारवाहिको सिफारिस गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
गाउँपालिकाले कारबार्हि सिफारिसमा परेकाहरुलाई कार्यालयमा बोलाई स्पष्टिकरण लिई कारवाहि प्रक्रिया अघि बढाइने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । वडा नं. ७ ले सुरु गरेको सरसफाई अभियान अब पालिकाका अन्य वडामा पनि संचालन गरिने अध्यक्ष थापाले बताउनु भयो ।
कर्मचारीले नै शौचालय बनाउन अटेर गर्नु ,कर्मचारी कै घरमा शौचालय नहुनु लज्जास्पद भएको समेत उहाँले बताउनु भयो । साथै पहिलो पटक कारबार्हिको सिफारिसमा परेका कर्मचारीले अटेर गरी अझै घरमा शौचालय नबनाए उनीहरुको तलब कट्टा गरि शौचालय बनाइदिने अध्यक्ष थापाले बताउन् भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com