About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

Darpanpost आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

टाेपराम केसी,प्युठान ।नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ देविस्थानमा हिजो सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टाेपबहादुर मल्लकाे सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष पुर्णप्रसाद कालाथाेकीको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशकी उपमहासचिव सिर्जना पण्डित तथा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको विशेष आतिथ्यता रहेको थियो।साथै अधिवेशनमा नेपाली काङ्ग्रेस प्युठानका सदस्य रामचन्द्र पौडेल र कमला कामी ,नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका उपसभापति रिषी अधिकारी लगाएको आतिथ्यता रहेको थियो।कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले संगठनलाई चुस्त ,दुरुस्त र थप क्रियाशील बनाउन आ-आफ्नो क्षेत्रबाट अग्रसर रहन नवगठित कार्यसमितिलाई निर्देशन दिनु भयो।कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशकी उपमहासचिव पण्डित ,सभापति अधिकारी , र नेता पौडेलले धारणा राख्दै शिक्षकहरुको हक हितमा न्याय र निष्पक्ष ढंगले क्रियाशील रही संगठन सुदृढीकरणमा समेत निरन्तर कटिबद्ध रहन सुझाव दिनु भयो। अधिवेशनले जित बहादुर रोकाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति अधिकारीले जानकारी दिनु भयो।जसको उपाध्यक्षमा शान्ता सापकाेटा र बुद्धिराज खनाल चयन हुनु भएको छ ।यस्तै सचिवमा लाेकमणी अधिकारी चयन हुँदा अर्थ सचिव र सहसचिवमा भने जगन्नाथ गाैतम र बाेधिराज घिमिरे निर्विरोध चयन हुनु भएको छ।साथै अधिवेशनले ९ सदस्यीय जिल्ला प्रतिनिधि समेत चयन गरेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com