About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो : उपाध्यक्ष कालाथोकी

Darpanpost बिहिबार, पौष २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

टोपराम केसी
प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। हिजो माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको अौपचारिक उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष कालाथोकीले यस्तो बताउनु भएको हो। उहाँले वास्तविक मापदण्डअनुसार सहभागी छनौट गरेमा मात्र कार्यक्रमको लक्ष्य प्राप्त हुने उल्लेख गर्दै गरिव तथा विपन्न तथा वेरोजगार भई वसेकाहरुलाई न्युनतम रोजगारी प्रदान गरेको समेत बताउनु भयो। साथै उहाँ सो परियोजनामा विनियोजित वजेट स्थानीय जनसमुदायको माग,आवश्यकता ,समस्या र वर्तमान अवस्थाको विश्लेषण गरि उपयुक्त क्षेत्रमा खर्च गरेमा विकास र समृद्धिको संवाहक नवन्नेमा दुईमत नरहेको दावी गर्नु भयो।सो परियोजना मार्फत यस आर्थिक वर्षमा माण्डवी गाउँपालिका ४ मा उदयपुरकोट देखी सल्लिखर्क, सिरवारी जोडने मोटरबाटो निर्माण गर्ने सम्झौता भएको समेत गाउँपालिका उपाध्यक्ष कालाथोकीले जानकारी दिनु भयो।

No description available.

यस्तै कार्यक्रमकै अवसरमा निश्चित मापदण्ड अनुसार छनौटमा परेका कामदारहरुलाई परिचयपत्र बितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालाथोकीर वडा अध्यक्ष डिलबहादुर घर्ती मगर,कार्यपालिका सदस्य वालिका नेपाली ,गाउँसभा सदस्य द्वय सानू परियार र बालाराम खत्री,रोजगार संयोजक भेषराज अधिकारी ,रोजगार सहायक चन्द्रबहादुर कार्की सहित स्थानीय समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com