About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने : नगर प्रमुख शाह

Darpanpost सोमबार, पौष २५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर । कृष्णनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप योजनाका साथ नवौं नगरसभा सम्पन्न गरेको छ ।

नगरप्रमुख रजत प्रताप शाहको संयोज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी योजना नवौं नगरसभाले प्रतिवद्धता लिएको छ । नगरसभाले शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार, बस पार्क व्यवस्थापन लगायतक्षसार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना , सबै प्रकारका कर, दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप योजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएको थियो ।

नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयां खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयने । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयो ।

त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसीर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ ।

चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३.१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयो ।

नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुको प्रगति विवरण प्रस्तुत गराउंदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका योजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयो ।

सभामा पदाधिकारी , शाखा प्रमुख,कर्मचारी ,संचारकर्मी लगायतको उपस्थितमा सर्वसम्मतले सम्पन्न भएको संचालक इश्वरी पौडेलले दिनुभएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com