ज्ञानेश्वर सहानी
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगिता सम्पन भएको छ ।
पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगिता का अध्यक्ष देव नारायण लोनियर को अध्यक्ष्यता , लुम्बिनी प्रदेश सदस्य खड्का बस्नेतको प्रमुख आथित्यतामा,रामग्राम नगरपालिका का नगरप्रमुख धनपत यादव , रामग्राम नगरपालिका का उपमेयर सम्झना चौधरी को विशिष्ट आतिथित्वा रहेको थियोे । कार्यक्रम संचालन जितराम चौधरीले गर्नुभएको थियो ।
पाचौं गाउँले तथा वडा स्तरिय फुटबल प्रतियोगितामा बन्किङ पाटनर ज्योती बिकास बैंकले सहयोग गरेको साझा युवा क्लबको अध्यक्ष देव नारायण लोनियरले बताउनुभयो।
खेलकुदको लागि महत्त्वपूर्ण कुरा खेलमैदान हो दुर्भाग्यको कुरा यो छ कि सबैभन्दा पुरानो रामग्राम नगरपालिका भित्र खेलमैदान छैन । मेयर ज्युले खालि तामझाम देखाउने र जनतालाई प्रत्यक्ष अनुभुती हुने काम नगरिदिदा सबै जनतामा गुनासो छाएको छ भन्दै क्लब को पुर्ब सचिव उपेन्द्र सहानीले स्वागत मन्तव्य रख्नु भएको थियो ।
आज पुस २३ गते सम्पन प्रतियोगिता मा श्री सम्मे मैयाँ युवा क्लब अठलहियाले प्रथम पुरस्कर ४० हजार रुपैयाँ नगद , साझा युवा क्लब पचगाँवाले दृतिय पुरस्कर २० हजार नगद रामग्राम नगरपालिका का नगरप्रमुख धनपत यादवले वितरण गर्नु भएको थियो भने कार्यक्रम संचालक साझा युवा क्लबको सचिव भिम नारायण चौधरी ले गर्नु भएको थियो ।