दुर्गाप्रसाद काफ्ले
कपिलवस्तु । कृषि तथा पशु बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका ६ कपिलवस्तुको दशौ साधरणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रम का बिच लक्ष्मणघाटमा सम्पन्न गरेको छ। ठाकुर प्रसाद पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रमले खडगबहादुर थापा अध्यक्ष रहने गरि ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा रामचन्द्र मरासिनी ,सचिवमा चन्द्रमणी क्षेत्री ,र कोषाध्यक्षमा अपिला टण्डन (भुसाल) रहेका छन् भने सदस्यहरूमा हुमनाथ भट्टराई ,शशिधर सापकोटा,दोर्णराज आचार्य लगाएत रहेका छन् भने अधिवेशनले १महिला सदस्य रहने गरि दिपेन्द्र आचार्यको संजोकत्वमा ३सदस्यीय लेखा समिति पनि चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी हरूलाई बधाई दिदै वडा न.५का वडाध्यक्ष दुनिका प्रसाद भुसाल,बाणगंगा नगरपालिका कृषि शाखाका अधिकृत धनिराम आचार्य ले कृषिलाई उद्यमशीलता सँग जोडदै प्रस्तावना पेश गरेमा नगरका कार्यक्रम प्रदान गर्न तत्पर रहेको बताउदै सफलताको शुभकामना दिएका थिए ।
यसै बिच संस्थाका लेखा समिति संयोजक चन्द्रमणी क्षेत्रीले संस्थामा कुल ३३३जना शेयर सदस्य रहेकोमा महिला १०८पुरूष २२३ आबद्व रहेको बताउदै संस्थाको शेयर पुँजी २२लाख २७हजार ५सय रहेको ,कुल बचत १३लाख ३८हजार १सय ७३रहेको जानकारी दिए । भने सचिव रामचन्द्र मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका छन् त्यस्तै संस्थाको बार्षिक पेश गर्नु भएको छ। आयोजक संस्था कि ब्यवस्थापक रितु पोख्रेलले १करोड ९५लाख ४२हजार ९सय २५बराबरको आय ब्याय पेश गरेकी थिइन । करूण टण्डनको प्रमुख आतिथ्यता बाणगंगा पशु शाखाका प्रमुख राजन तिवारीको बिशिस्ट आतिथ्यता र वडा न.५/६का जनप्रतिनिधि ,टोलबिकास संस्था ,विभिन्न सामाजिक संघ संस्था का पदाधिकारी लगाएततको सक्रिय सहभागी रहेको उक्त कार्यक्रम खडग बहादुर थापाको स्वागत तथा हुमनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।