About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
हिमपात साना किसानको अध्यक्षमा केसी चयन

Darpanpost शनिबार, पौष २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गाप्रसाद काफ्ले
 कपिलवस्तु । कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नम्बर ५ मा रहेको हिमपात साना किसान कृषि सहकारी संस्थाको छैटौँ साधारण सभा सम्पन्न भएको छ । चन्द्रौटा दुर्गा मन्दिरको प्राङ्गणमा भएको सभालाई सम्बोधन गर्दै बोल्ने वक्ताहरूले हिमपात साना किसान कृषि सहकारी छाटो समयमा राम्रो उपलब्धि गरेको बताएका छन् ।

सभाको अवसरमा उत्कृष्ट काम गर्ने सदस्यहरू असल ऋणी, दूध उत्पादन, कुखुरा उत्पादन,तरकारी उत्पादन र धेरै बचत गर्ने सदस्यलाई सम्मान गरिएको सञ्चालक समितिका सदस्य शिशिर लामिछानेले बताएका छन ।

त्यस्तै सभाले पदपूर्ति समेत गरेको छ । अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष जीवन केसीलाई चयन गरिएको छ । उपाध्यक्षमा नारायण आचार्य सदस्यहरूमा सरिता विक,सिता भट्टराईलाई चयन गरिएको हो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, वडा न २ का अध्यक्ष राम बहादुर चौधरी,वडा न ९ का अध्यक्ष गोपाल थारु,शिवराज नगरपालिका पशु विकास शाखाका प्रमुख धनेश्वर खनाल,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडा,युवा नेता राजेन्द्र आचार्य लगायतले मन्तव्य दिएका थिए ।

कार्यवाहक अध्यक्ष जीवन केसीको अध्यक्षता,संस्थापक अध्यक्ष शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रमको सञ्चालन शिशिर लामिछानेले गरेका थिए भने उक्त सभामा ६ सय जना भन्दा बढि सदस्यहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com