About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधरण सभा सम्पन्न

Darpanpost शनिबार, पौष २३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

चुरामणि तिमिल्सिना,

बुटवल । साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको १३ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सोभाकर भट्टराईको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष भट्टराईले सहकारी संस्थाहरु सञ्चालन गर्न चुनौतीहरु आउने हुँदा चुनौती लाई पार गर्न संस्थाका सेयर सदस्यहरु, संचालक समिति लेखा समिति र बिमा समितिले गरेका आर्थिक क्रियाकलाप पारदर्शी भएमा सहकारीले सफलता प्राप्त गरेको हुने बताउनु भयो ।

No description available.

यस्तै कार्यक्रममा साना किसान लघु बितिय लिमिटेड ईलाका कार्यालय बुटवलका अधिकृत राजेश भट्टराई विशिष्ट अतिथि रहनु भएको थियो। भट्टराईले सहकारीका बिधान ब्याज तालिम शिक्षा आम्दानीका श्रोत तथा हाल बैंकको अवस्थाका बारेका प्रष्ट पार्नु भएको थियो। सस्थाका सन्चालक समिति सदस्य बिष्णु प्रसाद पराजुलीले स्वागत मन्तव्य राख्दै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। समारोहमा संस्थाका अध्यक्ष नारायण ध्वज रानाले बार्सिक प्रतिबेदन प्रबन्धक जानकि अधिकारीबाट वार्षिक प्रतिबेदनका साथै लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

No description available.

यस्तै तोयनारायण पाण्डेले पशु बिमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, बितिय संस्थाका प्रमुखहरु, सहकारी सस्थाका प्रतिनिधिहरु , बिद्यालयका प्रधानाध्यापकहरु ,पत्रकार महिला समुह सुरक्षा निकाय तथा सियर सदस्य हरुको आथित्यता रहेको थियो। कार्यक्रममा कृषि क्षेत्रमा सफलता हासिल गरेका तथा पशुपालनमा भैसि प्रबन्धन तर्फ आत्मनिर्भर बनेकालाई जिन्सि सामाग्री सहित सम्मान पत्र प्रदान गरिएको थियोे। कार्यक्रमको ब्यबस्थापन मधु गैरेले गर्नु भएको थियो कार्यक्रमको सन्चालन सह प्रबन्धक सागर गैरेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com