दुर्गाप्रसाद काफ्ले,चन्द्रौटा कपिलवस्तु । २२ पौष शुक्रबार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुद्धभूमि नगर कमिटीले संगठन विस्तार र आफ्ना क्रियाकलापलाई तिब्रता दिएको छ । विद्यार्थीहरुको हक, अधिकारको सुनिश्चितता र संगठनलाई वलियो बनाउने उद्देश्यका साथ नगर कमिटीले काम गरिरहेको नगर कमिटी अध्यक्ष पारस मरासिनीले बताएका छन ।
सोहि क्रममा बुद्धभुमी ९ मा रहेको जन कल्याण माध्यमिक बिद्यालयमा १३ सदस्यीय अनेरास्ववियु मावि कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा विवस पुन, उपाध्यक्षमा सन्जु कुवंर र सिद्धान्त चन्द्र, सचिवमा तुलाराम मगर, सह सचिवमा कमल थापा र कमला बेल्वासेलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सविना खनाल, सपना नेपाली, सरिता गाहा मगर, सुशिला कुमाल र प्रदिप मरासिनी रहेका छन् ।
अनेरास्ववियु बुद्धभुमि नगर कमिटी अध्यक्ष पारस मरासिनीको अध्यक्षता तथा अनेरास्ववियु बुद्धभुमी बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष राज बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजक ले जनाएको छ !