About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी अभिमुखीकरण कार्यक्रम कृष्णनगरमा सम्पन्न

Darpanpost बिहिबार, पौष २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको छ l

अभिमुखीकरण कार्यक्रममा नगर भित्रका शिक्षकहरु लाई विद्यालयका बाल बालिकामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या बाट सचेत रहन उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई ले बताए l

कार्यक्रममा शिक्षकहरु बिच आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी के कस्ता समस्या हुन सक्ने विषयवस्तु मा छलफलका गरिएको थियो l

शिक्षक समाजको अगुवा भएकाले आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी समस्या हरूको समयमा समाधान गर्न महत्वपूर्ण भूमिका रहने शिक्षा शाखा प्रमुख बलराम पन्थीले बताए l

कार्यक्रममा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी रोग तथा समस्याहरू तथा त्यसको समाधानका उपायका बारेमा जन स्वास्थ्य अधिकृत नन्द गोपाल बढ्ईले सहजीकरण गरेका थिए l

कार्यक्रममा तीस जना सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू को सहभागिता रहेको थियो l

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com