काठमाडौ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेके बैठकमा यो सहमति जुटेको हो ।
ओलीलाई देउवाको फोन, मिलेर जाने प्रस्ताव प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । बालकोटमा वर्तमान सत्ता गठबन्धनको विकल्पमा अर्को गठबन्धनको तयारी भइरहेका बेला ओलीलाई देउवाले फोन गरेका हुन् ।
ओली निवास बालकोटमा प्रचण्ड, रवि लामिछाने र सीके राउतबीच छलफल चलिरहेको छ । नयाँ सत्ता समीकरणको तयारी भइरहेका बेला देउवाले ओलीलाई फोन गरेका हुन् ।
देउवाले कांग्रेस र एमाले मिलेर सरकार बनाउन ओलीलाई प्रस्ताव गरेका छन् । देउवाले धेरै पार्टी मिल्नुभन्दा दुई पार्टी मिलेर सरकार बनाउँदा सजिलो हुने भन्दै ओलीलाई कन्भिन्स गर्ने प्रयास गरेका छन् ।
८९ सिट रहेको कांग्रेस र ७८ सिट रहेको एमाले मिले सजिलै बहुमत पुग्छ । यो गठबन्धनको प्रदेश २ बाहेक अन्य प्रदेशमा पनि बहुमत पुग्छ ।
पाँच दलीय गठबन्धन छाडेर माओवादी केन्द्र आजै एमालेसँग मिल्न गएको छ ।