विमल भट्टराई
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ सोमनाथ स्थित सर्वाङ्गीण कृषि सहकारी सस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि एवं सुनवल नगरपालिका वडा १ का वडाअध्यक्ष मान बहादुर झोले साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै वडा अध्यक्ष झोलेले आत्मनिर्भर हुनको लागि उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभामा SEE मा राम्रो नबर ल्याई उतिर्ण भएका विधार्थीलाई सम्मान गरिएको थियो । यस सस्थामा २२८१ वटा शेयर सदस्यहरु रहेका छन् । साधारण सभामा सस्थाका अध्यक्ष खगराज उपाध्यायले वार्षिक प्रतिवेदन,कोषाध्यक्ष हरि प्रसाद चापगाईले कोषध्यक्ष प्रतिवेदन र लेखा समिति संयोजक सुवर्ण राज उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
सर्वाङ्गीण कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता, उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कार्यसमिति सचिव कृष्ण प्रसाद अर्यालले गर्नुभएको थियो ।