About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
ज्ञान विज्ञान कृषि सहकारीको ७ औं साधारण सभा

Darpanpost शनिबार, पौष ०९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

तुलसीराम पौडेल,
९ पौष, सियारी । रुपन्देहीको सियारी गाउँपालिका ६ रामगन्ज स्थित ज्ञान विज्ञान कृषि सहकारी सस्था लिमिटेडको ७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि एवं सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभा एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो। सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष घिमिरेले आत्मनिर्भर हुनको लागि उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,प्रधानमन्त्री आधुनिकरण इकाई मत्स्य सुपरजोन रुपन्देहीका प्रमुख नारायण प्रसाद काफ्ले ,कृषि ज्ञान केन्द्र भैरहवा रुपन्देहीका प्रमुख सन्देश धिताल ,सस्थाका सल्लाहकार झपेन्द्रराज अर्याल ,भृकुटी कृषि सहकारी सस्थाका अध्यक्ष अविराम विक ,उत्तम महिला कृषि सहकारी सस्थाका अध्यक्ष बिष्णु क्षेत्री लगायतले बोल्नु भएको थियो ।

No description available.

साधारण सभामा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तगत गोकुल बहादुर कार्कीलाई सम्मान गरिएको छ।सहकारीले बिउ उत्पादन गर्ने उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ।धानबालीको लागि उत्कृष्ट कृषक सियारी ५ बैदौलिका लेखनाथ भुसाल , तोरी बालिको लागि सियारी (७ हिरागन्जका हरि पाण्डे ,गहुबालिका लागि सियारी ६ बिष्णु पुराका कृष्ण प्रसाद गौतम , मकैबाली अन्तरगत सियारी (७ हिरागन्जका ईस्वरी पराजुलीलाई सम्मान गरिएको छ।

No description available.

साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को १ करोड ५ लाख ८९ हजार ६८ रुपैयाँ १ पैसा बराबरको आयव्यय पारित गरेको छ।यस सस्थामा १५२ वटा शेयर सदस्यहरु रहेका छन् ।

साधारण सभामा सस्थाका अध्यक्ष डुनराज शर्माले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक अनरुद्द पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

ज्ञान विज्ञान कृषि सहकारीका अध्यक्ष डुनराज शर्माको अध्यक्षता, उपाध्यक्ष रुपा पराजुलीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन कार्यसमिति सदस्य चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com