About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
बालबालिकाहरुलाई न्यानो कपडा बितरण

Darpanpost शुक्रबार, पौष ०८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गाप्रसाद काफ्ले
कपिलवस्तु । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर १ मा एक दम्पतीले मृतक आफन्तको स्मृतिमा विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेका छन् । चन्द्रौटा बजार अवस्थित विकास टेलर्सका सञ्चालक दम्पती विष्णु कँडेल र गीता घिमिरे कँडेलले मृतक आफन्तको स्मृतिमा विद्यार्थीलाई स्वीटर (कपडा) वितरण गरेका हुन् ।

सञ्चालक दम्पतीको स्वर्गीय सासुससुरा रुन्नता घिमिरे, दधिराम घिमिरे, दाजु शंकर कँडेल र जेठान तुलसीराम घिमिरेको स्मृतिमा शिवपुर अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्यनरत २७ जना बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको विद्यालयले जनाएको छ ।

विभिन्न बहानामा गरिने अनावश्यक फजुल खर्च गर्नुभन्दा विपन्नलाई चिसोमा राहत मिल्ने हेतुले स्वीटर वितरण गरिएको सञ्चालक कँडेलले बताए । जताततै आर्थिक संकट भएको अवस्थामा चिसोले कसैले ज्यान गुमाउन नपरोस भन्ने उनको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा वितरण बिहीबार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्द बहादुर सिंह जिसीले वितरण गर्न आफ्नो विद्यालयलाई छनौट गरेको प्रति धन्यवाद व्यक्त गरे । आगामी दिनमा समेत यसरी नै सहयोग र सहकार्य गर्न समेत उनले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com