About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
एमालेका एक दर्जन नया शक्ति कपिलवस्तुमा

Darpanpost बुधबार, मंसिर २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले । कपिलवस्तु ,२८ मङ्सिर । एमाले कपिलवस्तुले केहि समय यता नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको छ। सरसर्ती हेर्दा एक दर्जन बढी नयाँ रेकर्ड एमाले कपिलवस्तुले वनाएको छ । कतिपय रेकर्डको राष्ट्रिय महत्व स्थापित भएको छ भने कतिपय प्रदेश कै लागि महत्वपूर्ण सावित भएका छन् । यस्ता केहि चर्चित रेकर्डवारे विष्लोष्ण गरौ ।
पहिलो रेकर्ड :१५ हजार वढी पार्टी प्रबेश
एमालेका अध्यक्ष केपि शर्मा ओलीको आगमनमा विगतमा २ पटक भएका ठूला समारोह मार्फत एमाले कपिलवस्तुले बृजेश कुमार गुप्ता र मंगल प्रसाद गुप्ता सहित १२ हजारलाई एमाले प्रबेश गराएको घोषणा गरयो भने प्रदिप ज्ञवाली आउदा मधुशुधन शरण चौधरी सहित ३ हजारलाई प्रबेश गराएर राष्टिय रुपमै धेरै जनालाई एमाले प्रबेश गराउने पहिलो रेकर्ड कायम गरयो ।
दोश्रो रेकर्ड : चिटठावाट जिसस सभापति
एमाले कपिलवस्तुले कांग्रेसले भन्दा कम स्थानीय तहका प्रमुख जितेर पनि गत स्थानीय चुनावमा एकातिर सत्ता गठबन्धन अर्कातिर एमाले भएर जिसस प्रमुखमा वराबर मत ल्याउन सफल भयो । एमाले भन्दा कांग्रेस गठबन्धन २ सीट बढी थियो । जित स्वत कांग्रेसकै पक्षमा थियो ।एक सीटमा राप्रपाको सहयोग लिएपनि अर्काे एक सीट रहस्मय ढंगले मिलाउन सकेको एमाले मत गणनामा बराबर भयो । फलस्वरुप चिटठा तान्दा एमालेका नेता वावुराम आचार्य जिसस प्रमुख (सभापति) बन्न सफल भए । यो दोश्रो तर अनौठो रेकर्ड एमालेले कायम गयो ।
तेश्रो रेकर्ड : संघ र प्रदेशमा २ तिहाई
एमाले कपिलवस्तुलाई पछिल्लो पटक अर्काे ठूलो सफलता मिलेकोछ प्रत्यक्ष चुनाववाट २ जना संघिय र ४ जना प्रदेश सांसद जितेर ९ मध्ये ६ अर्थात २ तिहाई सीटमा जीत निकालेर एमाले कपिलवस्तुले तेश्रो नयाँ रेकर्ड कायम गरेको छ । कपिलवस्तुमा गठबन्धन विरुद्ध एक्लै लडेर ६ सीट जितेको एमालेलाई यो उपलब्धी स्वयममा ऐतिहासिक रह्यो । यो पनि आफैमा नयाँ रेकर्ड बन्न पुग्यो ।
चौथो रेकर्ड :६ जित्दा ३ बोनस
प्रत्यक्षमा ६ सीट जितेको एमाले कपिलवस्तुले समानुपातिकवाट ३ सांसद थप भएपछि अर्काे ऐतिहासिक सफलता हात पारेको छ ।एमालेले यसपाली प्रदेशका ६ र संघका ३ गरी ९ सीट मध्ये ६ सीट जितेपछि समानुपातिकवाट ३ जना थपिएका छन् । यो एमाले कपिलवस्तुलाई मुनाफा माथिको बोनस जस्तै हो । एमाले केन्द्रिय सचिवालयले निर्वाचन आयोगमा बुझाएको विवरणमा कपिलवस्तुको कृष्णनरका वासिन्दा सिराज अहमद फारुकी मुस्लिम कोटावाट संघिय सांसदमा परेका छन् ।उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय अध्यक्ष हुन् । यस्तै जसपा छाडेर चुनाव अघि एमाले प्रबेश गरेकी तौलिहवा निवासी अमृता अग्रहरी समेत मधेसी महिला कोटावाट संघिय सांसद वनेकी छन् । उनी विगतम जसपावाट समानुपातिक थिइन यसपाली एमालेवाट सोही स्थान पाएकी छन् ।
यता पार्टी विभाजनका बेला एमालेमै वसेका माओवादीका तत्कालिन केन्द्रिय नेता गिरधारी लाल न्यौपाने पनि एमालेका तर्फवाट लुम्विनी प्रदेश सभाको सदस्य हुन् पाएका छन् । खस आर्य तर्फ १ नम्वरमा रहेका न्यौपानेले एमालेले पाएको १ जना पुरुष तर्फ वाजी मारेका हुन् । ४० वर्ष बढी कम्युनिष्ट राजनीतिमा विभिन्न तहको नेतृत्वमा बसेका न्यौपानेलाई पहिलो पटक सांसद हुने अवसर एमालेवाट मिलेको हो । यो चौथो रेकर्ड पनि नयाँ हो ।
पाँचौ रेकर्ड : मंगलको ८ औं मंगलम
यता एमाले कपिलवस्तुले ७ औ पटक चुनाव लड्दा असफलता भोगेका मंगल प्रसाद गुप्तालाई आठौ पटकमा प्रत्यक्षवाट क्षेत्र नं ३ को सांसद बनाएर सो क्षेत्रको इतिहासमै यसपाली पहिलो जीत निकालेको छ । एमाले नहुदा सम्म सधैव हारको सामना गरेका मंगल गुप्तालाई एमालेमा आएपछि मंगलमय भएको छ । फलस्वरुप ८ औ प्रयासमा जितेर नयाँ किर्तिमान आफूले पाएका छन् एमालेलाई पनि रेकर्ड दिलाएका छन् ।
छैठो रेकर्ड बलराम बलवान सावित
एमाले कपिलवस्तुले पाएको अर्काे सफलता हो केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज बलराम अधिकारी राजनीतिमा पनि निकै वलवान हुने गरि स्थापित हुनु । सत्ता गठबन्धन भन्दा २८ हजार न्यून मत रहेको कपिलवस्तु १ मा एमालेका केन्द्रिय नेता वलाराम अधिकारीलाई चुनाव लडाएर एमालेले १५ हजार वढीको मतान्तरमा जिताएर एमाले कपिलवस्तुले यसपाली चमत्कार पूर्ण नयाँ रेकर्ड बनाएको छ ।
सातौ रेकर्ड : छ मतको करामत
एमाले कपिलवस्तुले हासिल गरेको अर्काे नयाँ रकर्ड हो ६ मतको करामत । ६ मतको झिनो अन्तरले क्षेत्र नं ३ को प्रदेश १मा जित निकालेर एमालेका उम्मेदवार अर्जुन केसीले अर्काे रेकर्ड एमालेलाई दिलाएका छन् ।
आठौ रेकर्ड : बाणगंगा भन्दा गढ सुद्धोधन
एमाले कपिलवस्तुका लागि विगतमा बाणगंगा सांगठनिक हिसावले गढ मानिन्थ्यो भने शुद्धोधन गाउँपालिका सबै भन्दा कमजोर । यति सम्मकी स्थानीय चुनावमा एमाले चौथो वा पाँचौ स्थानमा सिमित । यसपालीको स्थानीय चुनावमा १ जना सदस्य पनि जिताउन नसकेको पालिका । तर यसपाली त्यही शुद्धोधन र त्यस्तै प्रकृतीको मायादेवी गाउँपालिकामा एमालेले यतिधेरै मत पायो की बाणगंगा जस्तै गढ बन्यो शुद्धोधन र मायादेवि पनि । फलस्वरुप विष्णु पन्थीलाई १को १मा ४ हजार ५सयको फराकिलो अन्तरमा गठबन्धनसंग जित निकाल्न सफलता मिल्यो भने १ को २ मा वहालवाला मन्त्री शहसराम यादवनै नै प्रतिस्पर्धी रहेको गठबन्धनलाई २६ सय बढीको अन्तरमा हराएर मधुसुधन चौधरीलाई अर्काे सफलता मिल्यो । यी दुबै सफलता एमालेका लागि नयाँ रेकर्ड बन्न पुगे ।
नवौ रेकर्ड : कपिलवस्तुवाट सिक्नेछ राष्ट्रले पाठ
३ वर्ष अघि सम्म कपिलवस्तुमा रहेका एमाले नेताको केन्द्रिय स्तरमा प्रतिनिधित्व नै थिएन । कपिलवस्तुको इन्चार्ज बन्ने सौभाग्य पाएका थिए केन्द्रिय सदस्य खिमलाल भटराईले । त्यसपछि कपिलवस्तुवाट केन्द्रमा पुगेकी विमला घिमिरेले नेतृत्वमा अवसर पाउने काम शुरु भयो । यतिबेला उनी पोलिटब्यूरो सदस्य छिन । कपिलवस्तुमा गिरधारीलाल न्यौपाने , बलराम अधिकारी ,सिराज अहमद फारुकी ,शुसिल कुमार श्रीवास्तव सहितका ५ जना नेता केन्द्रिय कमिटीमा छन् । यो नेतृत्वले कपिलवस्तुमा यसरी चुनावी माहोल एमालेको पक्षमा पारेको छ की एमालेका लागि राष्ट्रीय उदाहरणको जिल्ला कपिलवस्तु बनेको छ । नत कुनै गुट नत मनमुटाव यहि बिशेषताले एमालेले सफलता पाएको छ। यो कुरावाट राष्ट्रले सिक्ने छ पाठ । एमालेले त झनै सिक्नु पर्ने नै भयो ।
दशौ रेकर्ड : डम्मर बने महासारथी
विगतमा नेकपा हुदा झविलाल पोखरेलको नेतृत्वमा पाटी थियो त्यतिबेला संघिय सांसदमा बृजेश कुमार गुप्ता र बलदेव खनाल सहित २ र प्रदेशमा विष्णु पन्थी , अर्जुन केसी , दिर्घनारायण पाण्डे र धरमवहादुर लाल श्रीवास्तव सहित ४ जनाले विभिन्न जोड र कोणवाट चुनाव जितेर २ तिहाई सीट हासिल गरेका थिए । त्यसरी कायम गरेको २ तिहाई यसपाली एमाले विरुद्ध सत्ता गठबन्धनको कठोर घेरावन्दी तोडेर पार्टी फूटेको वेलामा कमजोर भएको एमालेले एक्लै लडेर २ तिहाई सीट जित्दा त्यसको नेतृत्व गर्ने डम्मर शर्मा ऐतिहासिक उपलब्धीका महा सारथी बन्न सफल भएका छन् । एक जिल्ला अध्यक्षका हिसावले शर्माले पाएको सफलता दशौ रेकर्ड बन्न पुगेको छ ।
एघारौ रेकर्ड :यूवा नेतृत्वको परिचालन क्षमता प्रमाणित
जिल्ला स्तरीय निर्वाचन परिचालनको नेतृत्व गरेका डम्मर शर्मा आफैमा यूवा पुस्ताका प्रतिनिधी हुन् भने चुनावी कमाण्ड सम्हालेर नेतृत्व गर्नेमा क्षेत्र नं १ मा जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी ,क्षेत्र नं ३ मा एमालेका प्रदेश नेता नेता सफर अली मिया समेत एमालेका यूवा पुस्ताकै पात्र हुन् ।
यति मात्र होइन क्षेत्र नं १ (१)को चुनावी कमाण्डर बनेका भेषराज पाण्डे ,क्षेत्र नं १को २ मा सह कमाण्ड सम्हालेका विष्णु गौतम र बजरंगी प्रसाद कुर्मी , क्षेत्र नं २को १मा चुनावी नेतृत्व सम्हाल्ने जिल्ला उपसचिव शुसिला दर्लामी र क्षेत्र नं ३ को १ मा चुनावी कमाण्ड सम्हालेर जित हासिल गर्ने जिल्ला सचिव सिवी गहतराजले समेत यसपाली एमालेको सवल जितको नेतृत्व गरेको श्रेय पाएका छन् । नेकपा एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरे एमालेको निर्वाचन अनुगमन तथा निर्देशन कमिटीको संयोजकको रुपमा कपिलवस्तुमा भूमिका निर्वाह गरेर यो सफलता दिलाउन महत्वपूर्ण टेवा पुराएकी हुन् ।चुनाववाट एक सक्षम नेतृत्वको उदाहरण पस्कन घिमिरे सफल भएकी छन् ।यो यूवा नेताको नेतृत्वमा पाएको सफलता एमालेका लागि नयाँ रेकर्ड बन्न पुगेको छ।
वाह्रौ रकेर्ड : एउटै वडामा ३ सांसद
नेकपा एमाले कपिलवस्तुको लागि

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com