About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
कतार विश्वकप : दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

Darpanpost बुधबार, मंसिर २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२८ मंसिर , काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज बुधबार हुँदैछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३/० ले हराएर उपाधि नजिक पुगिसकेको छ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २/१ ले हराएको थियो ।

यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com