About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
गुल्मीमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशाला अलपत्र

Darpanpost मंगलबार, मंसिर २७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी । गुल्मीमा निर्माणाधीन अन्तराष्ट्रिय रंगशाला अलपत्र परेको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय रंगशाला रकम अभावका कारण अलपत्र परेको हो ।

माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौंसँग राष्ट्रिय खेलकुद परिषद्ले कुल २ करोड ८० लाखमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७६ चैतमा काम अघि बढे पनि त्यसपछि भने काम अलपत्र अवस्थामा छ ।

‘रंगशालाका नाममा चौरको नाम–निशाना नै हटाइयो, अहिले चौर नै यता न उताको अवस्थामा छ,’ इस्मा गाउँपालिका–६ अम्मरपुरका ओमबहादुर कुमाल भन्छन्, ‘समयमै रंगशाला नबन्दा राज्यको लगानी बालुवामा पानी खन्याएजस्तो भएको छ । चौरमा पहिले रातो माटो हुने र त्यो लगेर घर लिपपोत गर्ने गरे पनि अहिले त्यो पनि हराएको छ ।’

अर्का ६५ वर्षीय कृष्णबहादुर कुमालले रंगशाला छिटो बन्नुपर्नेमा जोड दिए । ‘हामीलाई वर्षौंदेखि रंगशाला निर्माणपछिको विकासको सपना देखाइयो,’ उनले भने, ‘तर काम पूरा नहुँदा हामी निराश छौं ।’ नेताहरूले पटकपटक रंगशाला’ चर्चा गर्ने गरे पनि काम नगर्दा समग्र राजनीतिप्रति नै वितृष्णा पैदा भएको उनले बताए ।

रंगशालामा यतिबेला धमाधम खेलकुदका कार्यक्रम सञ्चालन हुनुपर्नेमा गाडी सिक्ने ठाउँ भएको कुमाल बताउँछन् । अहिले रंगशालाका विभिन्न ठाउँमा खाल्टा परेका छन् भने पर्खाल पनि भत्किँदै गएको छ । रोपिएको दुबोको निशानासमेत हराएर झार उम्रिएको छ ।

झन्डै १ अर्ब लागतमा निर्माण हुनेगरी १ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको रंगशालाको डीपीआर गरिएको थियो । सो डीपीआरमा कभर्ड हल र स्विमिङ पुल पनि राखिएको छ । तर, काम भने अघि बढेको छैन ।

उता, राष्ट्रिय खेलकुद परिषद् निर्माण शाखाका प्राविधिक माधव देवकोटा रकम अभावका कारण काम अघि बढ्न नसकेको प्रतिक्रिया दिन्छन् । आजको राजधनी दैनिकीमा प्रकासित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com