About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

Darpanpost सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मंसिर १९, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’ को आह्वान गरेपछि राष्ट्रपति कार्यलय ह्वाइट हाउसले निन्दा गरेको छ । ट्रम्पले शनिबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा आह्वान गरेपछि ह्वाइटहाउसले निन्दा गरेको हो ।

पोस्टमा ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव जितेको आफ्नो झूटो दावी दोहोर्याएका थिए । उनले ‘ठूलो टेक कम्पनीहरू’ लाई डेमोक्र्याटहरूसँग मिलेर आफ्नो विरुद्धमा उत्रिएको आरोप पनि लगाए ।

ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले ट्रम्पको टिप्पणी ‘राष्ट्रको आत्माको विपरित’ भएको बताए ।‘तपाईंले जित्दा मात्र अमेरिकालाई माया गर्न सक्नुहुन्न’, बेट्सले एक विज्ञप्तिमा भने, ‘ट्रम्पको टिप्पणीलाई सर्वसम्मत रूपमा निन्दा’ गरिनु पर्छ । ’

पोस्टमा ट्रम्पले ‘ठूलो र व्यापक धोखाधडी र छल’ को अस्पष्ट आरोपहरू उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com