About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
संघीय सांसद चौधरीद्धारा बिकासका लागि राष्ट्र सेवक कर्मचारीहरु बहस

Darpanpost सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ मङ्सिर, नवलपरासी । संघीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको समृद्ध विकास का लागीे राष्ट्र सेवक कर्मचारीहरु बहस पैरवी अघि बढाउनुभएको छ । पश्चिम नवलपरासीको परासीमा चौधरीले सम्पुर्ण सरकारी कार्यालय प्रमुखहरु बिच छलफल तथा बहस चलाउदै जिल्लामा कार्यान्वयनमा आउने सवै साना ठुला योजना तथा आयोजनाहरुलाई सययमै र पारिदर्शी रुपमा निमार्ण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलको क्रममा हाल जिल्लामा पालिका स्तर देखी प्रदेश र संघीय सरकारको लगानी भईरहेका योजना तथा आयोजनाहरुको विस्तृत अवस्था र आगामी दिनमा गर्न सकिने प्रयास वारे बृहद छलफल गरिएको थियो ।

No description available.

बहस पैरवी छलफलमा बोल्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ बाट निर्वार्चीत सांसद चौधरीले समृद्ध नवलपरासीको विकासमा आफु राष्ट्र सेवक कर्मचारीहरुको सहयोग र साथबाट अघि बढ्न चाहेको विस्वास व्यक्त गर्नुभयो ।

सो क्रममा चौधरीले बिकासका लागी स्थानिय तह , प्रदेश सरकार र संघीय सरकारको सहजीकरणमा हाल जिल्लामा कार्यान्वयनमा रहेका विकास निमार्णका कामलाई तिब्र रुपमा अघि बढाउने विस्वास व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा जिल्लामा हालसम्म सञ्चालनमा रहेका स्थानिय तह देखी राष्ट्रिय गौरवको आयोजना विस्तृत अवस्था , समस्या , र समाधानको दिर्घकालीन उपाय वारे बहस गरिएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com