About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
प्रचण्ड किन हतारमा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न खोज्दैछन् ?

Darpanpost सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ।समानुपातिकतर्फ पनि केही मात्र मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसभन्दा केही कम सिट ल्याएर एमाले दोस्रो ठूला दल बन्दा माओवादी केन्द्र ‘कमजोर’ तेस्रो शक्ति बनेको छ।

चुनावअघि निर्णायक तेस्रो शक्ति बन्ने बताएको माओवादी चुनावी नतिजालेल निकै कमजोर बनेको छ। अहिले दलहरु नयाँ सरकार गठनका लागि तयारीमा व्यस्त रहँदा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादीले सरकारको नेतृत्व दाबी गरिरहेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताए पनि उनले आफ्ना प्रतिनिधिमार्फत एमालेसँग पनि संवाद जारी राखेका छन्।माओवादीले संसदमा आफ्नो शक्ति बलियो बनाउन र सरकार गठनका लागि बार्गेनिङ गर्न एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न रुची देखाएका छन्।

चुनाव अघि नै बाबुरामले समाजवादी केन्द्र बनाउन पहल गरेका थिए। त्यसमा एकीकृत समाजवादी पनि सकारात्मक थियो। एकीकृत समाजवादीले समाजवादी केन्द्र गठन गर्न सकिने र चुनाव लगत्तै पार्टी एकता गर्ने पनि बताएको थियो।

तर चुनावी परिणाम आइसकेपछि प्रचण्डले राखेको पार्टी एकताको प्रस्तावलाई एकीकृत समाजवादीका नेताहरुले तत्काल संभावना नरहेको बताएका छन्।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग तत्काल पार्टी एकता संभव नहुने बताए। उनले चुनावी परिणाम आइनसकेको अवस्थामा र सरकार गठन हुनु अगाडि पार्टी एकताको संभावना नरहेको बताए।

‘चुनावी परिणाम आइसकेको छैन, अहिले नयाँ सरकार गठनको तयारी भइरहेका बेला माओवादीसँग पार्टी एकताको संभावना छैन,’ खनालले डिसी नेपालसँग भने, ‘अहिले माओवादीसँग एकताका विषयमा कुनै छलफल भएको छैन। त्यसको संभावना पनि छैन।’

एकीकृत समाजवादीभित्र एमालेलाई बाहिर राखेर माओवादीसँग मात्रै एकीकरण गर्न नहुने मत बलियो बन्दै गएको छ। सरकार गठन अघि एकता गर्दा त्यसको फाइदा आफूलाई भन्दा पनि बढी प्रचण्डलाई हुने भन्दै शक्ति बाँडफाँट अगाडि एकता गर्न नहुने मत बलियो भन्दै गएपछि अध्यक्ष माधव नेपाल पनि हच्किएको स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com