About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
दोलखा प्रेदश सभा ‘क’ बाट कुन्दनराज काफ्ले बिजयी, निर्वाचित भएसँगै मुख्यमन्त्रीको चर्चा

Darpanpost सोमबार, मंसिर १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१९ मंसिर,काठमाडौं । दोलखा प्रेदश सभा ‘क’ बाट बागमती प्रदेश सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भारी मत सहित निर्वाचित भएका छन। काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई आठ हजार ४२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २२ हजार ७ सय ९७ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १४ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । बि.स. २०५२ सालको उप—निर्वाचनमा स्व। नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

दोलखाबाट काफ्लेको निर्बाचित भएसँगै बागमती प्रदेशमा अव बन्ने प्रदेश सरकारमा काफ्लेको मुख्यमन्त्रीमा बलियो दावेदारी रहने चर्चा सुरु भएको छ । मुख्यमन्त्रीका लागि अहिलेसम्म इन्द्र बानियाँ र बहादुर सिंह लामाको पनि चर्चा छ । तर, दुवैजना केन्द्रमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर निकट नेताबीच आपसमा रस्साकस्सी भइरहँदा कांग्रेस भित्रै काफ्लेलेको पनि चर्चा हुन थालेका हुन् ।

कृष्ण सिटौला र प्रदीप पौडेल निकट मानिने काफ्ले महामन्त्री गगन थापासँग पनि निकठस्त मानिन्छ । सिटौला , पौडेल दुवै जनका साथमा काफ्लेले मुख्यमन्त्री बन्ने सम्भावना बढेको देउवा निकटका नेताहरु नै बताउँछन् ।

अहिले चर्चामा आएका नामहरुमध्ये काफ्ले युवा उमेरमा राम्रो राजनीतिक छवि बनाएका नेता भित्र पर्छन् । केन्द्र सरकारमा गगन थापा , विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरुले प्रभाव जमाइरहँदा प्रदेशमा काफ्लेको चर्चा चुलिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com