About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।

Darpanpost शनिबार, मंसिर १७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

दुर्गा प्रसाद काफ्ले

कपिलवस्तु । बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.बाणगङ्गा ५ कोपवा कपिलवस्तुको ८औं साधरणसभा शुक्रबार एक भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ। उद्द्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले हिंसाका स्वरूप भएको बताउदै सहकारी संस्थासंग सहकार्य गर्दै आफुबाट सहयोग गर्न तत्पर रहेको बताइन । त्यस्तै स्कार्यक्रमलाई सम्बोधन गर्दै बाणगङ्गा नगरपालिकाकि उपप्रमुख एवम् कार्यक्रमका बिशिस्ट अतिथि रिता चौधरीले पछिल्लो समयमा महिला मात्र नभइ पुरूषहरू पनि हिंसामन परेको बताउदै ।सम्पूर्ण महिला दिदीबहिनीहरूलाई उद्यमी बन्दै आत्म निर्भर बन्नु पर्नेमा जोड दिदै कार्यक्रमका लागि प्रस्तवना लिएर आएमा उचित मुल्यांकन गरि सम्बोधन गर्ने प्रतिबद्धता जनाइन,साधरण सभामा बोल्दै बाणगङ्गा नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर केसीले संस्थाको प्रगतिको प्रशंसा गर्दै सम्पूर्ण कृषकहरूलाई तरकारी खेतीमा आत्मा निर्भर बन्नुपर्ने बताउदै कृषि शाखाबाट प्राप्त हुने सम्पूर्ण खालका सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् , भने कार्यक्रममा बोल्दै माउण्ट एभरेस्ट सहकारीका अध्यक्ष युवराज पोख्रेल ,हेफर इन्टरनेशनल क्षेत्रिय कार्यालयका वरिष्ठ संयोजक प्रेमकुमार स्यामबो लगाएतले संस्थाले आफ्नो आठ बर्ष पूरा गरि नौ बर्ष प्रवेश गर्दा छोटो समयमा सहकारीले उदाहरणीय भुमिका खेल्नुका साथै निको ठुलो परिवर्तन गरेको बताउदै ,संस्थाको उन्नति ,प्रगति सहित सफलताको शुभकामना दिए। सो अवसरमा संस्थाले ४जना जेष्ठ नागरिक महिलाहरूलाई १/१थान च्यावन प्रास सहित प्रमाणपत्रले सम्मान गरेको छ। त्यस्तै २जना जेहेन्दार बिद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ साथै १४जना किसानलाई सम्मान पत्र सहित १/१थान दूध दुहने बाल्टी समेत हस्तान्तरण गरिएको छ। सो अवसरमा संस्थाकि लेखा संयोजक बिमला कुमारी जोसीले संस्थाको शेयर पुँजी ४२ लाख ३८हजार ८सय रहेको र १करोड ८१लाख ३०हजार ४सय र८२ रूपिया ऋण लगानी र संस्थाको कुल पुँजी ३करोड ८४लाख २४हजार २सय ८५रूपिया ७८पैसा रहेको जानकारी गराएकी छिन भने संस्थाकी अध्यक्ष तुल्सी थापाले आठौ बार्षिक साधरण सभामा कार्य पत्र प्रस्तुत गर्दै कृषि पशु बिकास तथा कृषि बिकासको माध्यमबाट शेयर सदस्य हरूको आर्थिक सामाजिक उन्नतिको लागि उद्यमीहरूको प्रबर्द्धनमा सहयोग पु(याउदै सदस्यहरूमा स्वालम्बन पारस्परिक सहयोग र जागृति गराई बचत गर्ने बानीको बिकासमा सहयोग पुग्ने र गरिबी निबारणमा योगदान गर्नु संस्थाको मुख्य उद्वेश्य रहेको बताउदै हेफर इन्टरनेशनल नेपाल मेस्डो नेपाल कपिलवस्तुको साझेदारीमा सञ्चालित साना किसान सवलीकरण परियोजनाद्वारा गठित समुहको प्रतिनिधिहरूको अगुवाइमा यस बिहानि सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.को स्थापना २०७१साल चैत २गते २७जना मिलेर दर्ता गरिएको संस्थामा ७४वटा समुहमा १३५७जना दिदिबहिनी संगठित भएको जानकारी दिदै ०७९साल अषाण मसान्तसम्म संस्थाको कुल पुँजी ३करोड ८४ लाख २४हजार २सय ८५रूपिया ७८पैसा रहेको बताइन ,त्यस्तै संस्थाकी कोषाध्यक्ष बिनन मल्लले आ ।ब।०७८र०७९मा ९लाख ८३हजार २सय ५४रूपिया बृद्वि भइ रू१करोड ६५लाख ६हजार ५सय ८९ रूपिया रहेको सार्वजनिक गरिन।कार्यक्रममा विभिन्न जिल्लाका विभिन्न पदाधिकारी कपिलवस्तु जिल्लाका सामाजिक संघसंस्थाका पदाधिकारी शेयर सदस्य ,बचतकर्ता सञ्चारकर्मी लगाएतको बाक्लो उपस्थिति रहेको कार्यक्रम सदस्य निर्मला खनालको स्वागत रब्यवस्थापक मिना आले काउचाको सञ्चालनमा समपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com