About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
बर्दघाट नगरपालिकाद्वारा प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई सम्मान

Darpanpost शुक्रबार, मंसिर १६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१६ मङ्सिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत विनोद चौधरी यसैगरी प्रदेश सभा सदस्यद्धय देवकरण प्रसाद कलवार ( सन्तु ) र बिश्वप्रेम पाठकलाई संयुक्त रुपमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य तर्फ निर्वार्चीत चौधरीले यस क्षेत्रको चौतर्फी बिकासमा आफु दिन रात नभनिकन जनताको काममा सदैभरी क्रियाशिल हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यसैबिच संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।
सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७.४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो ।
पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com