About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
मतदातालाई धन्यवाद दिन पुगेका बिष्ट लाई गाउँमा सुन्तलाकाे माला

Darpanpost मंगलबार, मंसिर १३, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, १३ मङ्सिर । गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण बिष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका बिष्टलाई फूलको माला लगाउने ठाउँमा सुन्तलाको माला लगाई दिएका हुन् ।
मंगलवार मतदातालाई धन्यवाद दिन रेसुङ्गा नगरपालिकाको वडानम्बर–३ को भाडागाउँमा पुगेका बिष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाई दिएका हुन् । स्थानीय कृषि उत्पादनलाई बजारी करणमा टेवा पुर्याउने उदेश्यले सुन्तलाको माला लगाई दिएका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको भाडगाउँ र धुर्कोट गाउँपालिकाको नयाँ गाउँ सुन्तला प्रसिद्ध ठाउँ हुन् । यहाँ उत्पादन भएका सुन्तला जिल्ला भित्र र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखर, काठमाडौं लगायत ठूला शहरमा पुग्ने गर्दछन् । बिष्टलाई स्थानीयले नयाँ गाउँमा पनि सुन्तलाको माला लगाई दिएका थिए ।

गाउँगाउँमा पुग्ने क्रममा उनलाई बिन्नि सुझावहरु मतदाताले दिने गरेका छन् । सुन्तलाको माला लगाइ सकेपछि बिष्टले कृषकले उत्पादन गरेका वस्तुले बजारी करणमा ध्यान दिने बताए ।

उनले मानव जातिलाई बाच्नका लागि कृषि उपज अपरिहार्य भएकाले कृषि जन्य वस्तुको उत्पादन र बजारीकरणमा लाग्ने बताए । वास्ताबिक कृषकहरु बिचौलियको मारमा परेर खास मुल्य नपाइरहेकाले अब त्यसो हुन नदिने बिष्टको भनाई छ ।
जनताका अपेक्षाहरुलाई पुरा गर्नको लागि सहि ढंगले अगाडी बताए । उनले यो निर्वाचनको परिणामले बिगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउदै पूर्णता दिने बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com