रुपन्देही १२ । बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक । २०७९ मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं. १ ख बाट निर्वाचित अब्दुल रज्जाकले आफुलाई मतदाताले मतदान गरी विजयी बनाएको हुनाले मलाई बधाइ होइन जनतालाई बधाई दिनु पर्ने उहाँले बताउनु भयो ।
उक्त बधाई तथा धन्यवाद दिदै हिन्नु भएका रज्जाकले मतदाताको घरमै गएर खाता माला लगाएर बधाई दिनु भएको छ । रज्जाकले यहाँका मतदाताले मलाई जसरी मतदान गरी विजय बनाउनु भयो त्यसरी नै यहाँको विकासमा विशेष ध्यानमा राखि काम गर्ने जनता माझ प्रतिबद्धता गर्नु भएको छ ।
३ दशक भन्दा धेरै यस क्षेत्रमा लागि परेको र कहाँ कसरी विकास गर्नु पर्छ राम्ररी बुझेको रज्जाकले २०७० सालमा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचन भए पछि त्यस क्षेत्रको विकासको ढोका खोलि दिएको रज्जाकले मतदाता माझ बताउनु भयो । जति २०७० मा विकास गरेको थिए त्यो भन्दा धेरै विकास गर्ने रज्जाकले बताउनु भयो ।
निर्वाचन पछि उहाँले बधाई दिदै वन कार्यालय ढोलपरवा, चैनपुरवा, बेनिपुर, अमुवा, पोखरभिन्डी, खोखरनी, श्रीनगर, धकधई स्वास्थ्य चौकी दरखासवा, तरैनी, पट्खौली, लोधपुरवा, सिसहनीया, बैकुण्ठपुर पननी, मधुरी मटेरिया, फर्साटिकर, करवानी, पिपरहिया, गंगोलिया, बरवलिया डाँडा, जमुहानी, कान्छिबजार, सकरहवाभाटा मोहनाजोत स्कुल, भुपु सैनिक, भलुही बुद्धपथ, पाल्पाली टोल, चरङ्गे, गणेश नगर, ४ नम्बर, ३ नम्बर, तुलसीपुर, सेमरा मुडियारी केउली ३ कुने चोक प्रसैहिया, प्रसहवा, डाडाचोक, पशुपति कलेज, मोहनपुर टोल, मधैलिया गाँउ, सखुवानी डाँडा गाँउ, पश्चिम सखुवानी, कोटिहवा लखनचोक, ठुटीपिपल, तर्कुलाहा लालपुर, खुन्साबाट कटहिया चोकमा पुगेर धन्यावाद ज्ञापन समापन भएको थियो ।