About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

Darpanpost आइतबार, मंसिर ११, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

११ मङ्सिर। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार लागिपरेको बताउनुभएको छ । आईतवार पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले  समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न सरकार काम गरिरहेको बताउनुभएको हो ।

उहाँले सामाजिक सुरक्षा कोषको दायरा बढाउदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने बताउनु भयो । मन्त्री कुवरले सामाजिक सुरक्षा कोषमा रहेको एक प्रतिशत करलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको बताउनु भयो ।

उहाँले सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मात्रै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनु भयो । मन्त्री कुँवरले कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा सरकार अस्थिर भएको भन्दै अब स्थिर सरकार बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले दुई तिहाईको सरकार हुँदासमेत स्थिर सरकार बनाउन नसकेकाले सबैले स्थिर सरकार बनाउनको लागि गम्भिर हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले मुलुकभित्र नै रोजगारी सिर्जना गर्ने गरी प्राथमिकताकासाथ काम गरिरहेको छ । सामाजिक सुरक्षा कोषको दायरा बढाउँदै कार्यविधिमा छुटेका वस्तुहरु समावेश गरी रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा कोषसँग जोड्ने छौं । समाजिक सुरक्षा कोषमा श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्ने विषयमा छलफल गरिरहेका छौं । सामाजिक सुरक्षा कोषको कर एक प्रतिशत रहेको छ । त्यसलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने गरी छलफल भइरहेको छ । अहिले सरकार अस्थिरतातिर गएको छ । यसलाई कसरी स्थिरता प्रदान गर्ने विषय गम्भिर भएको छ । हामीले बहुमतको सरकार पनि बनायौं । तर पनि स्थिर सरकार पाउन सकेनौं । अब स्थायी सरकारको लागि कामना गरौं । सबैले बहुमतको सरकार हुँदा समेत स्थिर सरकार बनाउन सकेनौं त्यो विषयमा सबै गम्भिर भएर सोच्नुपर्छ । सामाजिक सुरक्षा योगदान गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ । कोषले प्रविधिमा आधारित गुणस्तरिय सेवा प्रवाह गर्दै कोषले संकलन रकम कुशलतापूर्वक प्रयोग गर्ने विश्वास लिएको छु ।’

त्यस्तै,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनैपनि क्षेत्रहरु अलमलमा पर्न आवश्यक नभएको बताउनु भयो । उहाँले अलमलमा परेका बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ सरकारले कृषकहरुलाई पेन्सन दिने भनेको छ । कृषकहरुलाई पेन्सन दिनसक्ने संस्था भनेको सामाजिक सुरक्षा कोष मात्रै हो । सामाजिक सुरक्षामा आवद्ध हुन धेरै क्षेत्रमा अलमल भएको छ । बैंकिङ क्षेत्र, रोजगारदाता उद्योग तथा प्रतिष्ठानहरुम अलमलमा रहेकाले उद्योग परिसंघ,चेम्बर र वाणिज्य महासंघसँग पनि छलफल गरिरहेका छौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अलमलमा पर्नुपर्ने कारण केही छैन । कुनैपनि देशमा श्रमिकहरु मोटिभेसन भए भने एक वर्षमा ३ प्रतिशत फाइदा हुँदो रहेछ । रोजगारदाताले नाफा कमाउँदै जाने श्रमिकको हीतमा काम नगर्दा देशको अर्थतन्त्रको विकास हुँदैन । सरकारले नियम कानून बनाएर सहुलियत दिने हो । टे«ड युनियन र रोजगारदाताहरुले श्रम ऐनमा भएको व्यवस्था खाल गर्नुपर्छ ।’
उहाँले रोजगारदाताहरुले श्रमिकहरुलाई प्रात्साहन गर्नसके वार्षिक रुपमा ३ प्रतिशतले प्रष्ठिानको नाफा बढ्ने अन्तराष्ट्रिय सर्वेक्षणले देखाएको बताउनु भयो । उहाँले उद्योगहरुले नाफा कमाउँदै जाने तर श्रमिकको हीतमा काम नगर्दा देशको अर्थतन्त्रसमेत विकास हुन नसक्ने दाबी गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com