About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
काठमाडौं १ बाट निर्वाचित प्रकाशमानको विजयी जुलुस

Darpanpost शनिबार, मंसिर १०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह सहितको टोलिले विजयी जुलुस निकालेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा काँग्रेस नेता सिंह र प्रदेश सभामा निर्वाचन १ ९क० मा काँग्रेसबाट नै दीपेन्द्र श्रेष्ठ र निर्वाचन १ (ख) बाट काँग्रेसकै सुरजचन्द्र लामिछाने निर्वाचित हुनुभएको थियो । शुक्रवार निर्वाचन अधिृकृतले विजयी भएको प्रमाणपत्र दिएसँगै आज शनिवार नवनिर्वाचित टिमले वजयी जुलुस निकालेको हो । विजयी जुलुसको कार्यक्रम बानेश्वर बैंक्वेटबाट शुरु भइ ओखरबोट मार्ग, रत्नराज्य स्कुल, पूजा प्रतिष्ठान, भेनस हस्पिटल, सानो गौचरण, सेतो पुल, मैतीदेवी, सूर्योदय स्कुल, घट्टेकुलो, वरको बोट, पुतलीसडक, पद्योदय, भृकुटीमण्डप, भद्रकाली, सुनधारा, भोटेबहाल, विश्वनिकेतन, त्रिपुरेश्वर, थापाथली, आलोकनगर, प्रयागमार्ग, कोटेश्वर लगायत आफ्नो नर्वाचन क्षेत्रको परिक्रमा र मतदाताहरुसँग धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेता सिंह १२५ को झिनो मतान्तरले विजयी बन्नुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्दीका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभएको थियो । नेता सिंह वि।सं।२०५२ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो भने २०६५ र २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com