About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
नाट्य संस्कृतिको विकास गर्न सरकार प्रतिवद्धः मन्त्री श्रेष्ठ

Darpanpost शुक्रबार, मंसिर ०९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि नाटकको प्रभाव बढी रहेको बताउनु भयो । उहाँले कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने आवश्यक कुराहरुको लागि सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नाट्य संस्कृतिको विकास गर्न र यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउने कुरामा सहयोग प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाट्यकला मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाहको सशक्त माध्यम हो । नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा पनि यसको बलियो प्रभाव छ । हामीले नाटकलाई सधैँ सामाजिक रुपान्तरणको एक सशक्त माध्यमका रुपमा लिएका छौँ । नेपाली रंगमञ्चमा नाट्यमेला, उत्सवहरुको अभाव भइरहेको बेलामा यो महोत्सवले कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण सिर्जना हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कला र संस्कृतिको माध्यमबाट देश र मानिसलाई जोड्ने कार्यक्रमहरुको स्वागत गर्दछ । त्यसको लागि चाहिने सहयोगको लागि सरकारको ढोका सदैव खुला छ । नेपालका नाटकहरु पनि अन्य देशहरुमा पुग्नसके यसले पनि नेपालको संस्कृति, परम्परा र चिनारीलाई अझै फैलाउनसक्छ । नाट्य संस्कृतिको विकास गर्न यसको स्थायित्व र नाट्यकर्मीको जीविकोपार्जन क्षेत्रलाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

काठमाडौंमा आजबाट दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ शुरु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com