गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका पछ्याइरहेका छन् ।