७ मङ्सिर । मगर मगर संसार फोटो ग्यालरीले एक बिरामिलाइ आर्थिक सहयोग गरेको छ । ग्यालरिले रूपन्देही जिल्ला बुटवल १३ बेलबास निवासी ६३ बर्षीय पूर्ण बहादुर श्रीस मगरलाई आर्थिक सहयोग गरेको हो ।
सहयोग रकम मगर संसारका एडमिनहरु अस्मि थापा मगर र रिसि केश आलेमगर द्वारा पिडितको घर पुगी प्रदान गरेको मगर सन्सारका एडमिन्क अनिल लामिछाने मगरले जानकारी दिनुभयो । उक्त सहयोग रकम मगर संसारद्वारा आयोजित देउसी भइलो online प्रतियोगिता २०७९ मा पुरस्कार सौजन्य बाट बचेको लामिछानेले बताउनुभयो ।
मगरको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको ग्यालरीले जनाएको छ । मगरको दुवै मृगौला फेल छन । कमजोर आर्थिक अवस्थाका कारण उहाले आवश्यक उपचारमा समस्याको सामना गर्दै आउनुभएको छ ।