About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

को हुन गोकर्ण बिष्ट : राजनैतिक यात्रा

Darpanpost बुधबार, मंसिर ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

७ मङ्सिर । गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते स्वर्गीय भिम बहादुर बिष्ट र चिन्ताकुमारी बिष्टको कोखबाट जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरे । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने । उनको नेतृत्वमा प्ररायुसंघ थप अनुशासित, जुझारु र सशक्त बन्यो । पार्टीको ७ र ८ औ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औ महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुख बिष्ट सक्रिय छन् । उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधी सभामा निर्वाचित भएका छन् । बिष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बने ।

छोटो समयमै विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तिब्र रुपमा अगाडी बढ्यो । पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा एमालेले संचालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माणको बिष्टको योगदान अविस्मरणीय रहेको छ । उनी ०७४ चैत २ देखि २१ म्हिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए ।

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु, अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गरेर अर्को चमत्कारिक काम र कार्यभार पुरा गरे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com