About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
इन्डोनेसियामा भुकम्पमा परि २५२ भन्दा धेरैको मृत्यु

Darpanpost मंगलबार, मंसिर ०६, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मंसिर ६ । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते भएकामध्ये धेरैजसो विद्यालयमा पुगेका बालबालिका रहेको उद्धारमा खटिएका उद्धारकर्ताहरूले बताएका छन् । त्यहाँको स्थानीय प्रशासनले मृत्यु हुनेको संख्या २५२ भन्दा धेरै पुगेको जनाएको छ ।

ईण्डोनेसियामा सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाादा पहाडी क्षेत्रमा बढी असर परेको थियो । भुकम्पका कारण गएको पहिरोले पश्चिम जाभा सहर सियानजुर नजिकैका सम्पूर्ण गाउँहरू डुबेको डुबानमा परेको थियो । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका एक प्रतिनिधिले पनि मृत्यु हुनेमा धेरै युवा रहेको पुष्टि गरेका छन् ।

उद्धार कार्यमा मद्दत गर्न भुकम्पग्रस्त क्षेत्रमा सयौं प्रहरी र अन्य उद्धारकर्ताहरू खटाएको छ । आपतकालीन स्रोतहरू र प्रभावित समुदायहरूलाई क्षतिपूर्ति दिने त्यहाँको प्रशासनले बताएको छ । ईण्डोनेसियामा सुलावेसी टापुमा २०१८ को भूकम्पमा २ हजारभन्दा बढी मानिसहरू मारिएका थिए । ईण्डोनेसियामा कम्पन र पराकम्पनहरु आई नै रहन्छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com