About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

भँुइमान्छेको प्रतिनिधि भएर देखिने र भेटिने सेवकको रुपमा काम गर्छु । उम्मेद्वार केशब

Darpanpost बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१ मंसिर, बुटवल । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउन मात्रै तीन दिन बाँकी रहँदा एमालेले आफ्नो गढ भन्ने गरेको बुटवल–११ बुद्धनगरका एमाले निकट युवा संघमा आबद्ध युवाहरु एमाले पार्टी परित्याग गरि काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । रुपन्देही क्षेत्र नं २९१० प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घ बहादुर केसीले युवा संघका नेता कुमार पहाडीको नेतृत्वमा रहेका युवाहरुको समूहलाई पार्टीमा प्रवेश गराएका हुन् ।

बिहिबार बिहान घरदैलोको क्रममा बुटवल–११ स्थित बुद्धनगर पुगेका केसीले उनी सहित ३५ जना युवाहरुलाई खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछि बोल्दै उनीहरुले एमालेले युवा र जनताको पक्षमा काम नगरेकाले कांग्रेस रोजेको बताए । यसैबीच रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्यका गठबन्धनका साझा उम्मेद्वार केशब बहादुर थापाले बुद्धनगरका स्थानियहरुसंग कुरा गर्दै आफुहरुको जीत पश्चात जनताको पक्षमा दुई ढङ्गबाट काम गर्ने बताए ।

पहिलो राष्ट्रिय स्तरमै नीतिगत रुपमा रहेका विभिन्न समस्याहरु समाधान गर्ने र दोश्रोमा स्थानिय भूमिहिन तथा सुकुम्वासी समस्या, पूर्वाधार निर्माण, खानेपानी तथा ढल निर्माण जस्ता स्थानिय जनताका दैनिकीसंग जोडिएका समस्याहरुलाई क्रमिक रुपमा समाधान गरिने आश्वासन दिए । थापाले आफु भुँई मान्छेको प्रतिनिधि र आम जनताको पहँुचमा रहेको भेटिने र देखिने जनताको अन्टेस्टेड् सेवक भएकाले यसपटक आफु लगायत गठबन्धनका उम्मेद्वारहरुलाई मत दिएर परिक्षण गर्न समेत अनुरोध गरे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com