About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बुटवलमा पनि चल्यो नो नट अगेन अभियानको नारा

Darpanpost बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

 

मंसिर ४ निर्वाचनमा नयाँ अनुहारलाई मौका दिनु पर्नेमा जोड
३० कात्तिक, बुटवल । बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आसन्न मंसिर ४ को निर्वाचनमा एक पटक चुनाव जितिसकेका पुराना नेताहरुलाई स –सम्मान बिदाई गर्दै नयाँ अनुहारहरुलाई जिताउनु पर्ने कुरामा जोड दिएका छन् । सचेत नागरिक अभियान रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको नो नट अगेन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै अभियान्ता महेन्द्र पाण्डेयले रुपन्देहीको क्षेत्र नं २ को हकमा पटक–पटक चुनाव जितिसकेका नेताहरुलाई जिताइराख्नु अब आवश्यक नरहेको बताए । अब युवाहरु देशको परिवर्तन चाहाने भएकाले परिवर्तनका लागि पुराना नेताहरुबाट संभव नभएको समेत धारणा व्यक्त गरे ।

सोही क्रममा युवा अभियान्ता प्रेम थापाले परिक्षण भईसकेका नेताहरु जो असक्षम सावित भइसकेका छन् उनीहरुलाई फेरी जिताउनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले बुटवलका जनताले यसपटक मत जाहेर गर्दा सोचेर जाहेर गर्न अपिल समेत गरेका छन् । अहिलेका मतदाता सचेत भइसकेकाले आसन्न मंसिर ४ को निर्वाचनमा रुपन्देहीका मतदाताले सक्षम र योग्य उम्मेद्वार चयन गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता शुशि पुलामीले रुपन्देही क्षेत्र नं २ बाट तीन–तीन पटक चुनाव जितिसकेका पूर्वअर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलप्रति लक्ष्यित गर्दै उनका भष्टाचार काण्डले सिङ्गो बुटवलबासी जनताको राष्ट्रिय रुपमा नै शिर निहुरिएको बताए । ‘बुटवलबाट जिताएर पठाइएको नेता विष्णु पौडेलको बालुवाटार जग्गा काण्ड, सुकुम्वासी काण्ड, राजध
ानीका काण्ड लगायतका कुराले हाम्रो शिर निहुरिएको छ ।’ शुशीले भनिन् । सोही क्रममा स्वस्फुर्त सहभागी भएर बोलेका स्थानिय विष्णु प्रसाद पौडेलले नेताहरुले देश विक्रीमा राखेको आरोप लगाए । फेरी पनि पुराना नेताहरुलाई जिताएर पठाउने हो भने देश फिजी बनाउने उनको धारणा थियो । त्यसैले यसपटक सक्षम नयाँ अनुहार चयन गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
मङ्सिर १२ गते सोमबार, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com