About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

रुपन्देही १ का ३३ वटै वडामा गठबन्धनका उम्मेदवारको घरदैलो सकियो, जित सुनिश्चित भएको दावी

Darpanpost बिहिबार, मंसिर ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही । आसन्न मंसिर ४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार गर्ने अवधि बिहीवार मध्यरातीदेखि सकिदैछ । राजनीतिक दलहरूले आजदेखि प्रचारप्रसार तथा मतदाता भेटघाट कार्यक्रम औपचारिक रुपमा कोणसभा तथा आम सभाको माध्यम बाट अन्त्य गर्दैछन् ।

रुपन्देही क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनले प्रचारप्रसार तथा घरदैलो अभियानलाई औपचारिक रुपमा समापन गरेको छ । कार्तिक १५ गते देखि यस क्षेत्रको ३३ वटा वडामा सम्पर्क कार्यालय स्थापनादेखि लिएर मतदाता भेटघाट कार्यक्रम आजदेखि सकिएको छ।

रुपन्देही १ बाट सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल, १९१० का उम्मेदवार विश्वनाथ यादव र १९२० का उम्मेदवार अब्दुल रज्जाक प्रचारप्रसार र घरदैलो अवधीभर निरन्तर मतदाताको गुनासो सुन्नेदेखि लिएर विकास निर्माणका अवस्थाको विषयमा बुझ्न केन्द्रित रहे।

मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार घनश्याम भुसालले ऎतिहासिक महत्त्व बोकेको क्षेत्र देवदलाई युनेस्कोमा सुचिकृत गर्न पहल गर्नेदेखि लिएर यस क्षेत्रलाई शैक्षिक हब बनाउनेसम्मको योजना अगाडि सारेको गठबन्धनले भौतिक पूर्वाधार तथा सडक विस्तारका २७ योजना अघि सारेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले संविधानको रक्षा, पुर्वाधार विकास र सुशासनको एजेन्डालाई प्राथमिकतामा राखेको मतदातालाई बताउँदै आएका छन् ।

भुसालले यस क्षेत्रको विकासको केन्द्र देवदहलाई बनाउँने उल्लेख गर्दै देवदहले बुटवल र भरतपुर जस्ता शहरसंग प्रतिस्पर्धा गर्ने गरि काम गर्ने प्रतिबद्ध जनाएका छन् ।

त्यस्तै रुपन्देही १९१० का उम्मेदवार विश्वनाथ यादवले प्रचारप्रसार अवधीभर आफूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुकुम्बासी समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहने बताउँदै क्षेत्रको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खट्ने बताउँदै आएका छन् ।

त्यस्तै रुपन्देही १९२० का उम्मेदवार अब्दुल रज्जाकले मतदाता भेटघाट कार्यक्रममा आफ्नो पहिलो प्राथमिकता अधुरा भौतिक पूर्वाधारलाई पूरा गर्ने रहेको बताए। आफू विकासवादी नेता भएको उल्लेख गर्दै रज्जाकले यस क्षेत्रको सडक, स्वास्थ्य, शैक्षिक स्तर उकास्नका लागि आफू निर्वाचित भए पछि प्रतिबद्ध भएर लाग्ने समेत बताए।

प्रचारप्रसार, घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र आफुहरूको जित सुनिश्चित भएको निर्वाचन परिचालन मुल कमिटीका संयोजक हिरा बहादुर केसिले दावी गरे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com