About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

दाउन्नेदेवी क्याम्पसमा बित्तीय साक्षरता सम्पन्न

Darpanpost सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

प्रकाश न्यौपाने, कार्तिक २८ । बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा आज एक दिने बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्याम्पस व्यस्थापन समितीका अध्यक्ष बिश्वप्रेम पाठकले बित्तीय साक्षरता कार्यक्रमले विद्यार्थीमा व्यावहारिक ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने बताउनु भयो । विद्यार्थी जिवनमा सामाजिक, आर्थिक र राजनीतिक ज्ञान हासिल गर्नु पर्ने बताउदै उहाले बित्तिय साक्षरता कार्यक्रमले आर्थिक रूपमा राम्रो ज्ञान दिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नरेश खनालले क्याम्पसले विद्यार्थीहरुलाई बित्तीय साक्षरतामार्फत व्यवहारिक शिक्षामा जोड दिएको बताउनु भयो । किताबि ज्ञानका साथ साथै बिद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागी क्याम्पसले बित्तीय साक्षरता कार्यक्रममार्फत डिजिटल बैकिङ्गसङ्ग सम्बन्धि रहेर कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा सिद्धार्थ बैक बर्दघाटका शाखा प्रमुख कमल पौडेल र कर्जा बिभाग प्रमुख युवराज खत्रीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्नातक तह अध्ययनरत करिब २ सय विद्यार्थीको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सरकार समाजिक सुरक्षा कोष आवद्ध श्रमिकका परिवारलाई उद्यमशीलतामा जोड्न लागिपरेको छ: कुवर
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com