About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
देवदह उदय बुद्ध गुम्बा जीर्ण हुँदै 

Darpanpost आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

मनजीत चौधरी, देवदह । २७ कार्तिक । धार्मिक महत्व बोकेको स्थल मध्ये रुपन्देहीको देवदह पनि एक हो । जसलाई महामानव गौतम बुद्धको मावली गाउँको रुपमा समेत चिनिने गरिन्छ । त्यही देवदह स्थित वडा नं ८ भवानीपुर नजिकै बंगाली टोलमा एउटा बौद्ध गुम्बा स्थापना गरिएको छ । जसको नाम हो, “देवदह उदय बुद्ध गुम्बा” ।

यो गुम्बा वि.सं. २०५१ सालमा स्थापना गरिएको हो । देवदह उदय बुद्ध आमा समूह तथा गुम्बा संरक्षण समितिका अध्यक्ष गीता राना पुन बनाउनुहुन्छ, “वि.सं. २०५१ सालमा यस बंगाली टोलमा बस्ने हामी आमा समूह र सम्पूर्ण टोलबासीहरुले रकम संकलन गरेर यो गुम्बा स्थापना गरेका थियौ तर आज २८ बर्ष वितिसक्दा समेत गुम्बाप्रति राज्यको कुनै चासो नहुँदा गुम्बा जीर्ण हुने अवस्थामा पुगेको छ ।”

देवदह उदय बुद्ध गुम्बा साँच्चै नै एउटा धार्मिक महत्व बोकेको स्थल हो जहाँ बंगाली टोलमा बसोबास गर्ने बौद्ध धम्मप्रति आस्था राख्ने स्थानीयहरुको श्रद्धा, आत्मीयता र मेहनत लुकेको छ । यदि यो गुम्बालाई मर्मत संभार गरी व्यवस्थित गर्दै लाने हो भने भोलीको दिनमा यसलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिन्छ । राष्ट्रिय जनमोर्चाका देवदह नगर सदस्य बागबिर पुन भन्नुहुन्छ, “देवदहमा अब लुम्बिनी बौद्ध विश्वबिधालय बन्दै छ, यदि बंगाली टोलबासीहरुको मेहनतबाट स्थापित यो गुम्बालाई राज्यले चासो दिने हो भने यो गुम्बा क्षेत्रलाई पर्यटकीय क्षेत्र एवं खोज तथा अध्ययन केन्द्रको रुपमा समेत विकास गर्न सकिन्छ ।”

देवदह उदय बुद्ध गुम्बालाई अवलोकन गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष प्रेम बहादुर थापा मगरले गुम्बाको मर्मतसम्भार र नयाँ भौतिक संरचनाहरु निर्माण गरी व्यवस्थित तरिकाले संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले आमा समूहले स्थानीय सरकारका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्था र राजनीतिक दलहरुको बीच बैठक बसी गुम्बा संरक्षणको बिषयमा बहस थाल्नुपर्ने बताउँदै उक्त सर्हानिय कार्यमा नेपाल मगर संघको मुख्य भूमिका रहने बाचा गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com